पोखरा ट्रेड मलको वक्तृत्वकलामा बालमन्दिरकी रक्षा प्रथम

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०८०
trade mall

पोखरा । पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बालमन्दिर माध्यमिक विद्यालयकी छात्रा रक्षा शर्मा प्रथम भएकी छन् । प्रतियोगितामा ओख्लेडाँडा माविका शरद् बराल द्वितीय, गौरीशंकर माविकी सोनिक्षा खत्री तृतीय र त्रिभुवन शान्ति माविकी अश्मि लामिछानेले सान्त्वना स्थान हासिल गरे ।
पोखरा ः पर्यटन र सम्भावना विषयमा भएको वक्तृत्वकलाका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश १० हजार, ७ हजार, ५ हजार र १ हजार ५ सय रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गरे । कार्यक्रममा सहभागी विद्यार्थी तथा विद्यालयलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको वक्तृत्वकला प्रतियोगिता संयोजक सन्तोषकुमार घिमिरेले जानकारी दिए । ट्रेड मलले ११ औं स्थापना दिवसको अवसर बुधबार महानगरभित्रका सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रछात्राबीच प्रतियोगिता गरिएको हो ।
ट्रेड मलको पाँचौं तलामा रहेको क्लासिक चुलोको सभाहलमा भएको प्रतियोगितामा ३० विद्यालयका ३० जना विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा नेपाली भाषा शिक्षक परिषद् कास्कीका महासचिव शिवहरि सुवेदीको संयोजकत्वमा परिषद्की कोषाध्यक्ष इन्दिरा सुवेदी सापकोटा र सुनील सापकोटा सदस्य रहेको निर्णायक मण्डलले मूल्यांकन गरेको थियो ।
प्रतियोगिताअघि भएको औपचारिक कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थाापाले उद्घाटन गरे । उनले आफू अस्वस्थ हुँदा हुँदै पनि ट्रेडमलको कार्यक्रममा उपस्थित भएको बताएका थिए । थापा पोखरा ट्रेड मलका संस्थापक अध्यक्ष हुन् । प्रालिका अध्यक्ष मीनराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रालिका प्रबन्ध निर्देशक दीपककुमार मुल्मीले स्वागत र व्यवसायी नवराज त्रिपाठीले सञ्चालन गरेका थिए । सिनेप्लेक्सका म्यानेजर राजन पुरीले प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सिनेप्लेक्सको १÷१ वटा टिकट उपहार दिएका थिए ।
चिप्लेढुंगास्थित पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालि सामूहिक लगानीमा निर्मित व्यावसायिक भवन हो । मलले पहिरनका सुन, लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक लगायत वस्तुहरु खरिद गर्न बजारका विभिन्न स्थानमा भौतारिनु पर्ने अवस्थाको अन्त्य गरेको पोखरा ट्रेड मल प्रालिका अध्यक्ष मीनराज काफ्लेले बताए । ‘२०७२ असोज २६ गते औपचारिक रुपमा सञ्चालनमा आएको र ग्राहकहरुको आवश्यकता अनुसारको वस्तु तथा सेवाहरु एकै छाना मुनि पाइने भएकोले धेरै ग्राहकको मन जित्न समेत सफल भएका छांै,’ उनले भने ।
मलमा २ वटा मल्टिप्लेक्स चलचित्र घरले मनोरञ्जन समेत प्रदान गर्दै आइरहेको छ । खानाका पारखीहरुका लागि रेस्टुरेन्ट, स्तरीय लेडिज तथा जेन्स सैलुन, पार्लर छन् । मलमा शैक्षिक परामर्शका लागि नेपालमा ख्याति प्राप्त शैक्षिक ६ वटा संस्था सञ्चालनमा छन् । ग्राहकहरुको सुविधाका लागि पर्याप्त आकर्षक र सुरक्षित पार्किङ रहेको मल भूकम्प प्रतिरोधात्मक छ ।

Related News

सम्बन्धित समाचार

  • डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारबाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन् । शनिबार…
  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width