गन्नी एफसी पोखरालाई जिताकोट रनिङ सिल्ड

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०८०
jitakot running 2

लमजुङ । जिताकोट रनिङ सिल्डको उपाधि गन्नी एफसी पोखराले जितेको छ ।

मध्यनेपाल नगरपालिका– १, जिताकोटमा आयोजित सो प्रतियोगिताको फाइनलमा सुन्दरबजार नगरपलिकाको टिमलाई २–० अन्तरले पराजित गर्दै उसले उपाधि जितेको हो । विजेताले १ लाख १५ हजारसहित १ सय तोला बराबरको चाँदीको ट्रफी, मेडल र प्रमाण प्राप्त गरेको छ । उपविजेता सुन्दरबजारले ७० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिताकोट गोल्डेन फ्युचर युथ क्बब अध्यक्ष सुब्बा गुरुङले बताए ।

उत्कृष्ट टिमको उपाधि केवाइसी खमारीबोटले प्राप्त गरी १० हजार पुरस्कार प्राप्त गरेको छ । गन्नी एफसि पोखराका अनुज भण्डारीले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे । सर्वाधिक गोलकर्ता केवाइसी खमारीबोटका रोशन क्षत्री भए । आयोजक क्लब अध्यक्ष सुब्बा गुरुङका अनुसार क्षत्रीले खेल अवधिभरमा १० गोल गरेका हुन् । उत्कृष्ट गोलरक्षक गन्नीका आकाश रानाभाट बने । उनीहरूलाई जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेतालाई मध्यनेपाल नगरपालिकाका उपमेयर सीता गुरुङ, उपमेयर गुरुङ, वडा १ का अध्यक्ष सुदीप थापा, वडा ६ का वडाध्यक्ष विष्णुभक्त पौडेलले संयुक्तरुपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका हुन् ।
सर्वनन्दन प्राविको खेल मैदानमा भएको प्रतियोगिता ४० औं संस्करण हो । जसमा ३८ टिमले भाग लिएका थिए । स्थानीय विष्णुबहादुर गुरुङ र मञ्जाबहादुर गुरुङको स्मृतिमा सञ्चालन गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width