पोखरा उपत्यकाव्यापी बुद्ध पूजा

आदर्श समाज सम्वाददाता
असार १९, २०८०
Buddha puja padyatra

पोखरा । ४० औं उपत्यकाव्यापी बुद्ध पूजा तथा धर्मचक्र प्रवर्तन दिवस २०८० सम्पन्न भएको छ ।

आषाढ पूर्णिमा अवसरमा सोमबार बिहान साङगादेन छोयलिङ गुम्बा पृथ्वीचोकबाट निस्केको शान्ति पदयात्रा आनी गुम्बा, बौद्ध अर्घौ सदन, रामघाट, धर्मचक्र दीपश्य विहार माटेपानी हुँदै मार्फा थकाली समाज चापापानीमा पुगी धर्मसभामा परिणत भएको थियो ।

धर्मसभामा प्रमुख अतिथि धर्मशीला बुद्ध विहारका प्रमुख भीक्षु भजवन्तले बौद्ध दर्शनबारे प्रकाश पारेका थिए । भगवान् बुद्धले आफूले प्राप्त गरेको सम्बोधि ज्ञान पहिलो पटक लोकल्याणको लागि दिनुभएको दिन आषाढ पूर्णिमालाई धर्मचक्र प्रवर्तन दिवसको रुपमा मनाउने गरिएको छ । आषाढ पूर्णिमामा सिद्धार्थ गौतम बुद्धको जीवनसँग सम्बद्ध पाँच संयोग जुटेका छन् । बोधिसत्यको गर्भप्रवेश महाभिनिष्क्रमण, प्रथम धर्मचक्र प्रवर्तन, वर्षावास र यमक प्रतिहार्यलाई ५ संयोगका रुपमा लिने गरिन्छ ।

मार्फा थकाली समाज सेवा सदनका अध्यक्ष चन्द्रबहादुर पन्नाचनको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक नरेन्द्र लालचनले स्वागत र नीलिमा हिराचनले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width