गणतन्त्र दिवसमा सृजना विकास केन्द्रको रक्तदान

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८०
srijana blood donation

पोखरा । गणतन्त्र दिवसको अवसरमा सृजना विकास केन्द्रले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ४३ जनाले रगत दान गरेका छन् ।

२०३७ मा स्थापित केन्द्रले सम्मुनत समाजको स्थापनाका लागी शिक्षा,स्वास्थ्य सहित महिला उद्यम विकाससंगै सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष कृष्णबहादुर थापाले बताए । वार्षिक रुपमा गर्दै आएको रक्तदान कार्यक्रममा केन्द्रका व्यवस्थापक दिलीप सुवेदी, सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका सचिव कुलप्रसाद सुवेदी र सीता सुवेदी ,पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकण कार्कीलाई गण्डकी प्रदेश सरकारका सामजिक तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले ब्याग वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । प्रदेशले स्वास्थ्य र बालबालिका केन्द्रीत रचात्मक कार्यलाई सहयोग गर्ने मन्त्री सिंखडाले बताइन ।

सो अवसरमा पोखरा क्षेत्रमा हुने रत्तदानको बिकासमा सहयोग गरेबापत आकस्मिक रक्तदान समूहका व्यस्थापक हरिश्चन्द्र शर्मालाइ सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा,संस्थाका सल्लाहकार सभापति गणेशबहादुर अधिकारी,पूर्वअध्यक्ष हरिप्रसाद बराल ,सृजना बालगृहका संयोजक सोमनाथ बराल,जनप्रिय बहुमुखी क्याम्पसका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे , जनप्रिय माविका अध्यक्ष परशुराम बराल,वडा नम्बर नं ८का सदस्य पवित्रा केसीलगायतले भर्ना राखेका थिए । ४३ युनिट रगत संकलन भएको कार्यक्रममा संयोजक सावित्री बराल ,निर्वतमान अध्यक्ष इन्द्र पौडेल ,प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु ,महासचिव विश्व श्रेष्ठले संस्थागत भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग