गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघमा घनश्याम

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८१
Ghanashyam-Sharma

पोखरा ।  गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघ पोखराको अध्यक्षमा घनश्याम शर्मा लामिछाने निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न बिसौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्मतरुमा नयाँ कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा लेखराज हमाल, महासचिवमा कमल बस्नेत, सचिवमा रमेश बराल, कोषाध्यक्षमा शिवप्रसाद न्यौपाने निर्वाचित भएका छन् । सदस्यमा खुमबहादुर थापा, रविनबहादुर केसी, कमला गिरी, नरेश पोखरेल, मधु गुरुङ, इन्द्रप्रसाद त्रिपाठी, संकल्प बसेल रहेका छन् । संघका निवर्तमान अध्यक्ष अरुणस्तोम त्रिपाठी पदेन सदस्य रहनेछन् ।

संघका नवनिर्वाचित अध्यक्ष घनश्याम शर्माले सम्पूर्ण व्यवसायीलाई समेटेर संस्थाको नेतृत्व गर्ने प्रतिबद्धता जनाए । निवर्तमान अध्यक्षमा अरुणस्तोम त्रिपाठीले आफ्नो कार्यकाल सफल बनाउन योगदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे । नयाँ कार्यसमितिलाई सफल बनाउन आफ्नो ठाउँबाट सक्दो साथ दिनेसमेत उनले प्रतिबद्धता जनाएका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल जग्गा तथा आवास विकास महासंघका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्र कमजोर हुनुमा घरजग्गा कारोबारको प्रतिकूल अवस्था पनि कारक रहेको बताए । वार्षिक १५ खर्ब रुपैयाँ बराबरको घरजग्गा कारोबार हुने गरेकामा कोरोना महामारी र आर्थिक मन्दीका कारण उक्त कारोबार घटेको लोहनीले बताए । घरजग्गा व्यवसायीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले घरजग्गा कारोबार नियमावली ल्याउन जरुरी भएको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width