थकालीले मनाए तोरन्ल पर्व

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७९
Toranla samapan (2)

पोखरा । तोरन्ल पर्व अवसरमा थकाली सेवा समिति पोखराले आयोजना गरेको तारा खेल प्रतियोगितामा ९३ अंकसहित गौचन ‘ए’ समूह प्रथम भएको छ । यसैगरी ९२ अंकसहित तुलाचन हरियोले द्वितीय स्थान हासिल गरेको छ भने ७९ अंकसहित भट्टचन समूह तृतीय भएको छ । ७५ अंकसहित शेरचन ‘ए’ ले सान्त्वना स्थान हासिल गरेको छ ।

समितिको कार्यालय नदीपुरमा ४ चनबीच भएको प्रतियोगितामा ७ टिमको सहभागिता थियो । छैटौं अन्तरचन तारा प्रतियोगिता नाम दिएर खेलाइएको तारा खेलको थकाली सेवा समितिका केन्द्रीय सल्लाहकार हरिध्वज तुलाचनले गत २१ फागुनमा उद्घाटन गरेका थिए ।

फागुपूर्णिमाका दिन तोरन्ल पर्व पर्ने र यो अवसरमा विविध कार्यक्रम गरी समितिले पाँचदिने कार्यक्रमका साथ पर्व मनाएको समितिका अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचनले जानकारी दिए । पहिलो दिन तिङा पूजा भयो । दोस्रो दिन र्‍याली आयोजना भएको थियो । अन्य दिन तारा खेल र थकालीहरुबीच शुभकामना आदानप्रदान र खानपानका कार्यक्रमहरु भएको समितिका सचिव अशोककुमार भट्टचनले जानकारी दिए ।

तोरन्लकै अवसरमा थकालीहरुले पुज्ने नरिझ्योव, तुलाचन थरका देवी ल्ह छयुरिन ग्हयल्मो, गौचन थरका देवता ल्ह लाङ्वा न्हुर्व, भट्टचन थरका देवता ल्ह ह्यावा ह्याङज्युङ र शेरचन थरका देवता ल्ह क्हाङ्ला सिङ्कीकर्पोको तस्वीरमा माल्यार्पण पनि गरिएको थियो ।

वसन्त ऋतुको आगमनसँगै सुरू हुने तोरन्लमा देशविदेशमा छरिएका थकाली समुदाय रमाउने गर्छन् । तारो हान्ने, पितृ चढाउने, नाँचगान गर्ने मिठो खाने र राम्रो लगाउने यो पर्वको मुख्य विशेषता हुन् ।

Related News

सम्बन्धित समाचार

  • भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय…
  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…

hero news full width