पाँचौं सृजना कप : शान्ता, जनप्रिय, कन्या र इन्द्रराज्यलक्ष्मी सेमीमा

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७९
srijana cup 2 (3)

पोखरा । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पाँँचौं सृजना कप अन्तर्गत छात्रातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको प्रतियोगितामा साविक विजेता शान्ता मावि, जनप्रिय मावि, कन्या मावि र इन्द्रराज्यलक्ष्मी मावि सेमिफाइनल प्रवेश गरेका हुन् ।

इन्द्रराज्यलक्ष्मीले तालवाराहीलाई २५–२० र २५–१७ सेटमा हरायो । जनप्रिय माविले भद्रकालीलाई २५–९ र २५–१२ तथा कन्याले गौरीशंकरलाई २५–१९ र २५–२२ सेटमा पाखा लगाउँदै सेमिफाइनल सुनिश्चित गरेका हुन् । बिहीबार शान्ता र जनप्रियबीच पहिलो र कन्या र इन्द्रराज्यलक्ष्मीबीच दोस्रो सेमीफाइनल हुने रेफ्री संयोजक गोपाल थापाले जनाए । कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल प्रतियोगिताअन्तर्गत छात्रातर्फ १५ टिमले भाग लिएका हुन् । बाइमा परेको साविक विजेता शान्ताले पहिलो दिन गोगन हराउँदै विजयी यात्रा सुनिश्चित गरिसकेको हो ।

छात्रतर्फ सहभागी ३० टिममध्ये भगवती, भद्रकाली, शान्ता, राष्ट्रिय, मेश्रम वराहले विजयी यात्रा कायम राख्दै क्वारफाइनलमा पुगेका छन् । दोस्रो दिन बुधबारको खेलमा भगवती माविले शारदा माविलाई २५–१७ र २५–११ पराजित गरेको छ । अमरसिद्ध नमुना माविले विन्ध्यवासिनी मावि, वरपाटनलाई २५–२१ र २५–२३ सेटमा पाखा लगायो ।

ब्रम्हरुपा माविले लक्ष्मी माविको चुनौती २५–१० र २५–११ मा पन्छाउँदा चन्द्रप्रभा माविले पार्दीलाई २–१ सेटमा हरायो । चन्द्रप्रभा २५–२१, २२–२५ र २७–२५ सेटमा विजयी भएको हो । शान्ता मावि र कालिका माविबीचको खेलमा कालिकाले जीत निकालेकोमा कालिकाविरुद्ध प्रोटेस्ट परेको थियो । साविक विजेता शान्ता अन्तिम ८ पुगिसकेको छ ।

यस्तै, भद्रकालीले तालवाराहीलाई सोझो सेटमा २५–१९ र २५–१४ मा हरायो । राष्ट्रिय माविले चन्द्रप्रभालाई २५–१९ र २५–१९ पराजित गर्‍यो । गोगन माविले सिर्जना माविलाई २५–८ र २५–११ मा पराजित गरेको छ । मेश्रम वराहले अमरसिद्ध नमुना माविलाई २–१ ले हरायो । जसमा २३–२५, २५–१७ र २५–२३ सेट आयो । भगवती माविले अमरसिंह नमुना माविलाई २–१ सेट (२२–२५, २५–१७ र २५–१३) ले हरायो ।

फागुन १९ मा हुने फाइनलमा छात्रछात्रा दुवैतर्फ विजेतालाई १/१ लाख, उपविजेतालाई ६०/६० हजार र तृतीय हुने विद्यालयलाई ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रालाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने प्रचार संयोज इन्द्रप्रसाद पौडेलले बताए । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छ । सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापाले विद्यालयस्तरबाटै राष्ट्रिय खेल भलिबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

  • मुवाथाइको समर क्याम्प

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । मुवाथाइ खेलको विद्यार्थी लक्षित विशेष प्रशिक्षण शिविर ‘समर क्याम्प’ शनिबार पोखरामा सम्पन्न भएको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय…
  • मुवाथाइको समर क्याम्प

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । मुवाथाइ खेलको विद्यार्थी लक्षित विशेष प्रशिक्षण शिविर ‘समर क्याम्प’ शनिबार पोखरामा सम्पन्न भएको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय…
  • पोखरा १४ लाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ११, २०८०
    पोखरा । पोखरा वडा १४ ले अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा बिहीबार फाइनलमा वडा १५ लाई…
  • मुवाथाई सिकाइँदै

    आदर्श समाज सम्वाददाता जेठ १०, २०८०
    पोखरा । पोखरामा जारी मुवाथाईको समर क्याम्पमा सहभागीलाई मंगलबार मुवाथाईको सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिइएको छ । थाइल्याण्डबाट सुरु मार्शल आर्ट…
  • प्रदेशस्तरीय एसइई फुटसल

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८०
    पोखरा । स्टेप बाई स्टेप माध्यामिक विद्यालयले गण्डकी प्रदेशस्तरीय एसइई फुटसल प्रतियोगिता आयोजना गरेको छ । शनिबार प्रतियोगिता उद्घाटन गर्दै…

hero news full width