अंग्रेजी माध्यमको पढाइले थपिए विद्यार्थी

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७९
Ramjyoti

लेखनाथ । रामज्योति मावि ४४ औं वर्षमा प्रवेश गरेको छ । विद्यालयले बुधबार विविध कार्यक्रमसहित वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको हो ।

पोखरा २६, बूढीबजारस्थित रामज्योति स्कुल २०३७ सालमा स्थापना भएको हो । पूर्णरुपमा अंग्रेजी माध्यममा पढाइ हुँदै आएको यो विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि यस वर्षमात्रै एक सय जना नयाँ विद्यार्थी थपिएको प्रधानाध्यापक गुमनाथ लामिछानेले बताए । हाल ३ सय ५३ विद्यार्थीले पढ्ने यो स्कुलमा २१ शिक्षक कर्मचारी कार्यरत छन् ।

वार्षिकोत्सव समारोह कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष नरेन्द्र थापाले आफू पूर्वविद्यार्थी भएकोमा गर्वको महसुस भएको बताउँदै विद्यार्थीलाई स्कुलको पढाइले मात्र पर्याप्त नहुने र घरमा पनि अभिभावकले पढाइमा प्रेरित गर्नुपर्ने सुझाए । उनले वडाध्यक्ष भएको नाताले कुनै दल नभनी समग्र वडाको विकास र समृद्धिमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

भगवती हाईड्रोपावरका निर्देशक इ.वसन्तमोहन भट्टराईले किताबी ज्ञानसँगै प्रविधि र व्यावहारिक शिक्षाको आवश्यकता रहेको बताए । लायन्स क्लब लेखनाथ अध्यक्ष तिलकशाली सापकोटाले विद्यार्थीलाई कसरी सामाजिक क्षेत्रमा पनि समाहित गर्न सकिन्छ भन्ने बारेमा हामी सबै जानकार हुनु पर्ने बताए ।

प्रअ लामिछानेले विद्यालयको प्रगति विवरण र भावी योजनाबारे जनाउँदै सरकारी तहको दरबन्दी कम हुँदा पठनपाठनमा समस्या सृजना आएको गुनासो गरे । पोखरा महानगर शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्रीप्रसाद सुवेदीले २ तहको शिक्षानीति अन्त्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लक्ष्मी माविका सहायक प्रअ विष्णु तिवारी, सल्लाहकार मनबहादुर गुरुङ लगायतले बोलेका थिए । पूर्व प्रअ सूर्यनाथ बरालले आफूले स्थापना गरेको गरिब, दलित, असहाय र जेहेनदारका वर्गका गरी ४ विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरे ।

शैक्षिक एवं खेलकुद गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्नुका साथै विद्यलायका पूर्व अध्यक्षहरु, पूर्व प्रअहरु, अक्षयकोषदाताहरु र असल अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।

उत्कृष्ट शिक्षकशिक्षिकामा प्रकाश लामिछाने, प्रकाश खड्का, डिलकुमारी लामिछाने, जौमाया लामिछाने, ऋषिमाया बराल, राजकुमारी थापा, र सावित्रा गुरुङ छन् ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कुलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक स्वागत गणेशप्रसाद अधिकारी र विद्यार्थी अभिषेक विकले गरेका थिए । संचालन शिक्षक भोजराज बराल र सम्झना आचार्य, प्रकाश खड्का र प्रकाश लामिछानेले संयुक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width