भद्रकाली माविले मनायो ७१ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७९
Bhadrakali

पोखरा । भद्रकाली माध्यमिक विद्यालयको ७१ औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण, भवन तथा गेट उद्घाटन सोमबार गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कार्यक्रमका साथै विद्यालय भवन र प्रदेशद्वार उद्घाटन गरे ।

कार्यक्रममा मुख्यमन्त्री अधिकारीले विद्यालयलाई राजनीतिक गतिविधिबाट परै राख्नुपर्नेमा जोड दिए । विद्यालयको शैक्षिक गतिविधिभन्दा राजनीतिमा शिक्षकहरु आबद्ध भएकै कारण कतिपय ठाउँमा शिक्षाको गुणस्तर खस्केको पाइएको उनको भनाइ थियो । मतदान गर्ने बेलामा जता गरे पनि विद्यालयमा प्रवेश गर्दा राजनीतिको आवरणलाई उतार्नुपर्ने उनले बताए ।

अहिलेको शिक्षा जीवनोपयोगी हुन नसकेको भन्दै अब ३ तहका सरकारको जोडबलले यसलाई सीप र बजारसँग जोड्न सकिने बताउनुपर्नेमा उनले जोड दिए । ठूलो लगानीमा सरकारी विद्यालयका भवनहरु बने पनि शिक्षाको गुणस्तर नभएमा त्यसको महत्व नरहेको उनको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका कृषि, ऊर्जा तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङ श्याम समेत उपस्थित थिए । ७० वर्ष पहिलो स्थानीय ढेवाजु परिवारको सक्रियतामा स्थापित विद्यालयमा हाल प्रिनर्सरीदेखि १२ कक्षासम्म १ हजार ९ सय ११ विद्यार्थी अध्ययनरत छन् । ८९ जना शिक्षक तथा कर्मचारीसहित ‘एउटै टिम एउटै सपना, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारा बोेकेर विद्यालय अगाडि बढिरहेको प्रधानाध्यापक राजेन्द्र भण्डारीले बताए ।

गुणस्तरीय शिक्षा र त्यसै अनुसारको नतिजाका कारण अहिले विद्यालयमा भर्नादर ह्वात्तै बढेको सहायक प्रधानाध्यापक लोकचन्द्र खनालले बताए । नेपाल सरकारको अनुदानबाहेक विद्यालयको स्रोतबाट सेवा सुविधा प्राप्त गर्ने शिक्षक तथा कर्मचारी धेरै रहेकाले खर्च व्यवस्थापन चुनौती बन्दै गएको प्रअ भण्डारी बताउँछन् ।

कार्यक्रममा प्रिनर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीले विभिन्न सांगीतिक एवं मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । विद्यालयमा स्थापित दुई दर्जनभन्दा बढी पुरस्कार उक्त अवसरमा प्रदान गरिएको थियो ।

अक्षयकोष दाता एवं विद्यालय भवन साथै मुलद्वार निर्माणमा सहयोग गर्नेहरुलाई पनि उक्त अवसरमा सम्मान गरिएको बिहानी सत्रका संयोजक उपेन्द्र सुवेदीले बताए ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width