नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने क्षेत्र खेलकुद-पहारी

आदर्श समाज सम्वाददाता
कार्तिक ६, २०७९
rajib pahari

पोखरा, ५ कात्तिक । प्रदेशसभा चुनावका लागि कास्की ३ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार राजीव पहारीले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने क्षेत्र खेलकुद भएको बताएका छन् ।

सूर्यचन्द्र विकास समाज, पोखरा–५ को आयोजनामा शनिवारबाट मालेपाटनमा शुरु वडास्तरीय व्याडमिण्टन प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले जनताको सेवामा अझै धेरै काम गर्न बाँकी रहेकाले फेरि उम्मेदवारी दिएको बताए । आफूले अघिल्लो कार्यकालमा थालनी गरेका महत्वपूर्ण योजना पूर्णता दिलाउन फेरि विजयी गराउन उनको आग्रह छ ।

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले स्वास्थ्य नागरिक बन्न खेलकुद महत्वपूर्ण हुने बताए ।

पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालले मालेपाटन खेल क्षेत्रको उर्बरभूमि भएको बताउँदै यहाँबाट थुप्रै राष्ट्रिय खेलाडी उत्पादन भईसकेको उल्लेख गरे ।

कार्यक्रम आयोजक संस्था सुर्यचन्द्र विकास समाज अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको थियो । ३ दिन चल्ने प्रतियोगितामा डबल्सतर्फ २६ टिमको सहभागिता छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग