गण्डकी बाहिरियो

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७९
women cricket

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा घरेलु टोली गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ ।

लिग चरणका कुनै पनि खेलमा दर्शनीय खेल प्रस्तुत गर्न नसकेपछि गण्डकी बाहिरिएको हो । शनिबार अन्तिम खेलमा बागमती प्रदेशसँग ३० रनले पराजित भएसँगै नवौंको यात्राबाट बिट मारेको हो ।

खेलमा पहिला व्याटिङ गरेको बागमतीले २० ओभरमा ८८ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा गण्डकीको पारीमात्रै ५८ रनमा समेटियो । १९.१ ओभरमा गण्डकीको सम्पूर्ण विकेट झरेको थियो । बागमतीको व्याटिङमा प्लेयर अफ द म्याच सोनी पाख्रिनले २१ रन बनाइन् ।

यसअघिको खेलमा एफिएफले मधेश प्रदेशलाई २७ रनले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको एपीएफले ७ विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो । मधेशका खेलाडीले पुरै २० ओभर खेले पनि ७ विकेट गुमाउँदै ७४ रनमात्रै बनाउन सके । एपीएफको जीतमा नेरी थापाले आफ्नो स्पेलमा ६ रन खर्चिएर ३ विकेट लिएकी थिइन् ।

एपिएफको व्याटिङमा ममता चौधरीले १७ तथा राजमति ऐरीले १६ रन जोडिन् । मधेशका लागि सरस्वती कुमारी र कविता गौतमले समान १३ रन बनाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबबाट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार…
  • सिद्ध र कालिका क्रिकेटको फाइनलमा

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधिका लागि सिद्ध र कालिका मावि आमनेसामने भएका छन् । पोखरा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा वैशाख १५ देखि २१ गतेसम्म पोखरा…

hero news full width

trending post

ट्रेन्डिङ्ग