डढुवामा चैतेदसैं मेला हुने

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७८
chaite dashain

पोखरा । लमजुङको मध्यनेपाल ८, डढुवा दुर्छामा ‘ऐतिहासिक चैतेदसैं मेला–२०७८’ आयोजना हुने भएको छ ।
स्थानीय क्रियटिभ युथ क्लबको आयोजनामा मेलामा मुख्य आकर्षणको रुपमा राष्ट्रव्यापी खुला सेभेन ए साइड पुरुष तथा महिला फुटबल प्रतियोगितालाई समावेश गरिएको मंगलबार पत्रकार सम्मेलन गरी जनाइयो ।
क्लब अध्यक्ष तथा मुल आयोजक सकिति संयोजक चन्द्रप्रसाद गुरुङका अनुुसार पुरुष फुटबलतर्फ विजेता टिमलाई १ लाख ५० हजार र उपविजेतालाई ८० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिलातर्फ विजेतालाई १५ हजार र उपविजेतालाई १० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ५ हजार पाउने छन् ।
‘अहिले विभिन्न ठाउँहरुमा फुटबल प्रतियोगिता भैरहेका छन् । सबैतिर हेरेर हामीले पनि देशव्यापी खुला सेभेन ए साइड प्रतियोगिता राखेका हौं, संयोजक चन्द्रप्रसादले भने, ‘हाम्रो प्रतियोगितामा गण्डकी प्रदेशबाटै आउँनुहुन्छ । टिम दर्ता गर्ने रकम हामीले सामाजिक कार्यमै लगाउने छौं ।’
प्रतियोगितामा स्थानीयस्तरका खेलाडीले समेत भाग लिने बताउँदै खेलाडी उत्पादनमा टेवा पुग्ने धारणा राखे । ‘हाम्रो प्रतियोगितामा स्थानीय तहका खेलाडीहरुले खेलकौशल, सीप र दक्षता अभिवृद्धि गर्नेमा विश्वस्त छौं,’ अध्यक्ष गुरुङले भने, ‘यस खेलबाट राष्ट्रिय लेभलका खेलाडी उत्पादन गर्न सघाउ पु¥याउनेछ । साथै डढुवा गाउँलाई पर्यटकीय गाउँको रुपमा चिनाउनेछ ।’
प्रतियोगितामा पुरुषतर्फ ४० र महिलातर्फ १० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । एक हप्ता सञ्चालन हुने सो मेलामा छेलो प्रतियोगिता र तमु समुदायमा आधारित विभिन्न सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता आगामी २२ देखि २७ सम्म हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width