उपसभामुख शर्मा अनुगमनमा

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७८
anugaman

पोखरा । गण्डकी प्रदेशसभा उपसभामुख सिर्जना शर्माले मंगलबार पोखरा १५ को सुकुम्बासी बस्तीमा ढलान बाटोको अनुगमन गरेकी छन् ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना गण्डकी प्रदेशको ३ लाखसहित साढे ५ लाख रुपैयाँ लागतमा नाला र ७ मिटर चौडाइको ६० मिटर लम्बाइ बाटो ढलान गरेको योजना उनले अनुगमन गरेकी हुन् ।
पूर्वाधार विकास योजनाअन्तर्गतका २९ लाख रुपैयाँ बराबरका विभिन्न ७ योजनाको स्थलगत अनुगमन गर्दै उनले उपभोक्ताको सकृयतामा भएका विकास निर्माण तोकिएको समय र गुणस्तरीय हुने विश्वास व्यक्त गरिन् । सो क्षेत्रमा खानेपानी, सडक निर्माणसंगै अन्य आवश्यकता परिपूर्तिका लागि आप्mनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले गरिन् ।
प्रदेश सभा सदस्य कृष्ण थापा र उपसभामुख शर्माको निर्वाचन क्षेत्र पूर्वाधार विकास योजनाको ८ लाख रुपैयाँबाट उक्त योजनासहित ढुंगेसाँघुचोक सडकमा कल्भर्ड र टुटुंगामा नाला निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समिति अध्यक्ष मुक्तिलाल गुरुङले बताए ।
टुटुंगादेखि परोपकार महासंघको आश्रम हुँदै पटनेरीको वस्तिसम्म पुग्ने बाटो र ढल निर्माण नहुँदा प्रत्येक बर्खाको मौसममा बस्ती उच्च जोखिममा पर्दै गरेको बताउँदै उनले प्राकृतिक श्रोत भएर पनि कतिपय घरमा अहिलेसम्म खानेपानीको सुविधा पुग्न नसकेको गुनासो गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width