कांग्रेसलाई चुनावी रन्को

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७८
congress bishworajs

पोखरा । कास्की कांग्रेसले संगठन बिस्तार, टोल समिति गठन एवं ज्येष्ठ नागरिक सम्मान, बृहत पार्टी प्रवेश कार्यक्रम शनिबार गरेको छ । कार्यक्रम नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको प्रमुख आतिथ्यमा भएको हो । बरालले नेपाली कांग्रेस हरेक जनताको कांग्रेस भएको र सुख, दुखमा हातेमालो गर्दै विकासका योजनामा सदैव प्रतिबद्ध रही जनताको सहयात्री बन्ने योजनामा अघि बढेको बताए ।
टोल टोल र घर घरमा कांग्रेस अभियानमा टोल बिस्तार कार्यक्रममा चितेपानी, सुनपँदेली, देउमाडी टोल समितिका संयोजक विश्वराज अधिकारी, सचिव गौरी अधिकारीको विशेष उपस्थितिमा सुनपँदेली इकाइ गठन एवं युवा परिचालन कमिटी गठन भएको हो । यसैबीच अन्य पार्टी त्यागी नेपाली कांगे्रसमा पार्टी प्रवेश गरेका थिए ।
कार्यक्रम चुनाव लक्षित भएकोले जिल्ला सचिव भानु ढकाल, प्रदेश सदस्य माया गुरुङ, जनप्रतिनिधि हुमनाथ अधिकारीले जनताको वास्तविक दल कांग्रेस भएको उल्लेख गर्दै विकास निर्माणमा कांगे्रसले नैं छलाङ मार्ने दाबी गरे । मादी ५ का सचिव रुद्र अधिकारी, कुमार थापा, सहसचिव रेशम ढकाल, क्षेत्रीय सदस्य नरेन्द्र अधिकारी सहभागी थिए ।
उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन सुनपँदेली टोल विकास समिति एवं ओमकारेश्वर मन्दिर व्यवस्थापन समिति अध्यक्ष भूपेन्द्रप्रसाद अधिकारीको विशेष योगदान थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै