नेपाल नेत्रज्योति संघ गण्डकीको सभा

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७८
netrajyoti sangas

पोखरा । नेपाल नेत्रज्योति संघ गण्डकी प्रदेशको वार्षिक साधारण सभा भएको छ । नेपाल नेत्रज्योति संघका केन्द्रीय सचिव अधिवक्ता हरिप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सचिव श्रवणकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रदेश सभाका अध्यक्ष, केन्द्रीय कार्य समिति उपाध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले गरेका थिए ।
कार्यक्रममा गोरखा जिल्ला शाखा सभापति रामकुमार श्रेष्ठ, म्याग्दी जिल्ला शाखा सभापति अमर बानिया, कास्की जिल्ला शाखा सभापति तथा हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले बोलेका थिए ।
हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले हाल सञ्चालनमा आएका र थप गरी २३ वटा जिल्ला आँखा उपचार केन्द्रलाई निरन्तर सहयोग गरिरहने प्रतिबद्घता व्यक्त गरिन् । हाल हिमालय आँखा अस्पतालमा दैनिक ७ सयभन्दा बढी बिरामीहरु आउने गरेको लोकप्रियतालाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने सम्बन्धमा अझ बढी थप जनशक्ति तथा उपकरणको आवश्यकता महसुस भइरहेको उनको भनाइ थियो ।
नेत्रज्योति संघ गण्डकी प्रदेशका सल्लाहकार रमाकान्त बरालले स्वागत मन्तव्यको क्रममा प्रदेशको छबि उच्चराख्न सम्पूर्णको ध्यान जानुपर्ने कुरा व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै