अनन्ता सामुदायिकमा कमला

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७८
ananta community~kamala

पोखरा । अनन्ता सामुदायिक सेवा समितिको २४ औं वार्षिक साधारणसभा एवं १२ औं अधिवेशनले कमला पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समिति निवर्तमान अध्यक्षमा रंगिता सुवेदी, उपाध्यक्ष सरीता सुवेदी, सचिव हिमादेवी बराल रेग्मी, कोषाध्यक्ष लक्ष्मी रेग्मी, सहसचिव गीता पराजुली चयन भए । सदस्यमा विन्दु पराजुली, सिर्जना पराजुली, लक्ष्मी अधिकारी, गीता रेग्मी, मञ्जु सुवेदी, सुमला रेग्मी र सीता सुवेदी छन् ।
यसअघि कार्यक्रम उद्घाटन गण्डकी प्रदेश सांसद पुष्पा केसी भण्डारीले गरेकी थिइन् । कार्यक्रममा पोखरा १ का अध्यक्ष शारदा पराजुली, २ का अध्यक्ष रामेश्वर मल्ल, १८ का अध्यक्ष रणबहादुर थापालगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष रंगीता सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाधयक्ष कमला पराजुली र सञ्चालन सचिव सरीता सुवेदीले गरेका थिए । संस्थापक अध्यक्ष सुशीला पराजुलीले संस्थाको परिचयसहित संघर्षको बारेमा बोलेकी थिइन् ।
कार्यक्रममा पोखरा २ वडा सदस्य एवं पूर्व अध्यक्ष गोमा सुवेदी, ज्ञानुबाबा आवासीय माविका प्राचार्य कृष्ण गुरुङ, संस्थाका ज्येष्ठ सदस्य सावित्री रेग्मीलाई सम्मान गरिएको थियो । पोखरा २ का ज्येष्ठ नागरिक रुद्रनाथ पौडेल एवं संस्थाका सदस्यका २०७७ को एसइई उत्तीर्ण छोराछोरीलाई सम्मान गरियो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा २÷३ का सभापति खगेन्द्रराज पराजुलीद्वारा स्थापित गुणराज स्मृति छात्रवृत्ति विन्ध्यवासिनी मावि, वरपाटनका विद्यार्थीलाई प्रदान गरियो । कार्यक्रमको संयोजन मञ्जु सुवेदीले गरेकी थिइन् ।
रामप्रसाद पराजुलीको संयोजकत्वमा गठित निर्वाचनमण्डलको सदस्यमा विश्वगोपाल पराजुली, गोमा सुवेदी थिए । उनीहरुलले नयाँ कार्यसमितिलाई हार्दिक बधाईसहित टीकामाला लगाइदिएका थिए । संस्थापक सल्लाहकार विनोद पराजुलीले सो कार्यक्रमको सहजीकरण गरेका थिए । ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको पूर्वसन्ध्यामा संस्थाले रक्तदान कार्यक्रम गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै