नेवाः खलद्वारा खुला रक्तदान

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७८
Blood donation

लेखनाथ । पोखरा ३०, शिुशुवा नेवाः खलले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले पहिलो रक्तदाता कृष्णप्रसाद लामिछानेलाई व्लडब्याग हस्तान्तरण गर्दै रक्तदान गर्नु भनेको जीवनरक्षा गर्नु पवित्र कार्य हुने बताए । उनले नेवाःखलले निर्माण गर्न लागेको संग्रहालयलाई महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पोखरा ३० का वडाध्यक्ष श्रीराम पोख्रेल, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका सदस्य लक्ष्मी त्रिपाठी, कास्की जिल्ला नेवाःखलका अध्यक्ष अशोक पालिखे, शिशुवा ब्राह्मण समाजका अध्यक्ष भुवानीप्रसाद बास्तोला, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, लालुपाते तमु समाजका अध्यक्ष मोहनसिंह गुरुङ लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।
शिशुवा नेवाः खलका अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष एवं कार्यक्रम संयोजक भैरवलाल श्रेष्ठले स्वागत र सचिव अर्जुन ताम्रकारले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै