‘महिलामैत्री कानुन निर्माणमा सरकार प्रतिबद्ध छ’

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७८
janani

पोखरा । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस एवं रेडियो जननी ९०.६ मेगाहर्जको ८ औं वार्षिकोत्सवको अवसरमा रेडियोले आयोजना गरेको ‘व्यवसायमा महिला, अवसर र चुनौती’ विषयक अन्तक्र्रिया उद्घाटनपछि सो कुरा बताएका हुन् ।
व्यावसायिक, राजनीतिक, शैक्षिक र सामाजिक क्षेत्रमा महिलाहरुको सहभागिता उल्लेखनीय रहेको उनले गण्डकी प्रदेश सरकारले स्तन क्यान्सर र पाठेघर क्यान्सरको निशुल्क उपचार गर्ने निर्णय गरेको जानकारी दिए । क्यान्सर पीडितका लागि नेपाल सरकारले १ लाख र गण्डकी प्रदेश सरकारले ५० हजार उपलब्ध गराउँदै आएको र व्यावसायिक क्षेत्रमा महिलाहरुको आर्कषण बढाउन प्रदेश सरकारले सहज नीति निर्माण गर्दै आइरहेको समेत बताए ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको जनगणना अनुसार ३७ प्रतिशत महिलाहरुले मात्र रोजगारी पाएको भन्दै महिलाहरु आफैं नै जाग्नुपर्ने आवश्यकतामाथि जोड दिए । परम्परालाई समेट्दै र आधुनिकतालाई अँगाल्दै उद्यमी क्षेत्रमा अगाडि बढेको खण्डमा उद्यमशीलता प्रतीक हुन सक्ने पनि मुल्मीको भनाइ थियो ।
रेडियो जननीका सेयर सदस्य एवं पर्यटन व्यवसायी लक्की कार्की क्षेत्रीले वर्तमान समयमा महिलाका अधिकार र मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य मुना बास्तोलाले महिला व्यवसायीलाई उद्यमतर्फ आकर्षित गर्न समाजमा रहेका अवसर, चुनौती र समाधानका विषय उजागर गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रमबीच रेडियो जननीका संस्थापक अध्यक्ष हिरा भट्टराईलाई जननी सम्मान २०७८ बाट सम्मान गरिएको थियो ।
रेडियो जननीका अध्यक्ष सविता शेरचनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय उद्योग व्यवसाय महासंघका उपाध्यक्ष विष्णु गुरुङ एकता, पोखरा कास्की हस्तकला संघका सचिव बुद्धि पुर्जा, कानुन अधिकृत सिर्जना आचार्य, पोखराका विभिन्न वडाका महिला जनप्रतिनिधि, पर्यटन व्यवसायी साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width