अपांगतासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७८
aapangata news~

पोखरा । सिर्जनशील अपांगता सरोकार समिति पोखरा ३ ले अपांता भएका व्यक्ति र तिनीहरुका अभिभावकका लागि स्वास्थ तथा अपांगतासम्बन्धी अभिमुखीकरण एवं पुर्नस्थापना कार्यक्रम गरेको छ ।
अपांगता भएका व्यक्तिहरुको पुनस्र्थापना सेवामा पहुँच वृद्धिका लागि वकालत गर्न सक्षम बनाउने, संस्था सञ्चालन तथा कार्यालय व्यवस्थापनमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम गरिएको सिर्जनशील अपांगता सरोकार समिति पोखरा ३ का अध्यक्ष फणीन्द्रप्रसाद पौडेलले बताए ।
२ दिनसम्म सञ्चालन भएको तालिममा अपांगता परिचयपत्रसम्बन्धी कानुनी व्यवस्थाहरु, अपाङ्गता मैत्री स्थानीय शासनका सूचकहरु, अपांगतासम्बन्धी कानुनी व्यवस्थाहरु, जनवकालत, योजना निर्माण प्रक्रियालगायत विषयमा राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्मा, कार्यक्रम अधिकृत सूर्य भट्टराई, पोखरा ३ का वडा सचिव चन्द्रावती वाग्ले, सिर्जनशील अपांगता सरोकार समिति पोखरा ३ का सल्लाहकार जगन्नाथ सुवेदी, सिर्जनशील अपांगता सरोकार समिति पोखरा ३ का अध्यक्ष फणीन्द्रप्रसाद पौडेललगायतले सहजीकरण गरेका थिए ।
तालिम समापन समारोहमा पोखरा ३ का वडा सदस्य लक्ष्मी पराजुलीले अपांगताका क्षेत्रमा वडाले विभिन्न कार्यक्रममा सहयोग गरेको बताइन् । वडा सचिव चन्द्रावती वाग्लेले अपांगताको क्षेत्रमा काम गर्न वडा सधैं तयार रहेको बताइन् ।
सिर्जनशील अपांता सरोकार समिति पोखरा ३ का सल्लाहकार जगन्नाथ सुवेदीले अपांगता मैत्री वातावरण निर्माणका लागि सबै सरोकारवालाको महत्वपूर्ण भूमिका हुने बताए ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width