प्रेन्सालाई सम्मान

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७८
kcm~

पोखरा । काइन्डनेस क्लब मदरल्यान्ड बोर्डिङको दोस्रो वर्ष प्रवेश अवसरमा बालसमाजसेवी प्रेन्सा रेग्मीलाई सम्मान गरिएको छ । उनलाई १० हजारसहित सम्मान गरिएको हो । कोभिड–१९ महामारीमा निशुल्क मास्क, खाद्यान्न, स्वास्थ्य सामग्री, कापी किताब वितरणलगायत विविध समाजसेवाको काम गर्दै आएकोले प्रेन्सालाई सम्मान गरिएको हो ।
सो अवसरमा क्लबले प्रदान गर्ने काइन्डनेस टिचर अवार्डबाट नूरमाया केसी सम्मानित भइन् । उनलाई ५ हजारसहित सम्मान गरियो । उनीहरुलाई विद्यालय निर्देशक त्रिभुवन बराल, प्रिन्सिपल नारायण बराल, क्लब अध्यक्ष कृतिका नागिला लगायतले सम्मान गरेका हुन् । सम्मानित प्रेन्साले थोपा–थोपा मिलेर सागर बनेजस्तै आफूले गरेको अभियानमा अरु पनि थपिंदै जाँदा नेपाललाई समृद्धि बनाउन सकिने बताइन् । कार्यक्रम सञ्चालन क्लब सदस्य निश्चल बास्तोलाले गरेका थिए । कार्यक्रममा विद्यालय निर्देशक त्रिभुवन बराल र प्रिन्सिपल नारायण बरालले क्लबले गरेको कार्यको प्रशंसा गरे ।
काइन्डनेस क्लब मदरल्यान्ड स्थापना भएको १ वर्षमा कल्याणी बालआश्रमका १२ जना बालबालिकालाई खाद्यान्न, लत्ता कपडा, जुत्तालगायत वितरण गरिएको थियो । यस्तै लकडाउनका बेला समस्यामा परेका १५ दृष्टिविहीन र १५ जनाका परिवारलाई खाद्यान्न वितरण, विश्व करूणा दिवसमा अवसरमा मानवसेवा आश्रमका ६३ जना ज्येष्ठ नागरिक र ९ जना बालबालिकालाई लत्ता कपडा वितरण गरिएको शिक्षिका केशु बरालले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width