सामुदायिक प्रहरीको स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७८
community

पोखरा । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीले बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पोखरा–३२ गगनगौंडास्थित गोगन उच्च माविमा भएको शिविरमा झण्डै ११ सयले स्वास्थ्यलाभ गरे । शिविरमा महिलाहरुको पाठेघर, स्तन, दाँत परीक्षणका साथै औषधी समेत वितरण गरिएको थियो ।
शिविर उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले महिलाको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी उपचारका लागि गण्डकी प्रदेश सरकारले चितवनको भरतपुर क्यान्सर हस्पिटल संघ समन्वय एवं सहकार्यको थालनी गरेको बताइन् ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक रमेश थापा, वडा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, गोगन मावि व्यवस्थापन समिति अध्यक्ष मेघराज पौडेल, स्थानीय गायत्री आमा समूह अध्यक्ष हरिमाया खत्री, लगायतले बोलेका थिए । आयोजक संस्थाका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक सोमनाथ बास्तोलाले कार्यक्रमको उद्येश्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा.गिरिधारी शर्माले स्वास्थ्य परीक्षण, गण्डकी हस्पिटलले पाठेघर जाँचका लागि प्राविधिक सहयोग, बगरको ग्लोबल डेण्टल र संयोग डेण्टल केयरले औषधी, गण्डकी प्रदेश प्रहरी अस्पतालले मधुमेह तथा रक्तचाप परीक्षणमा सहयोग गरेका थिए ।
आयोजक समिति अध्यक्ष बोधराज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भीम पराजुलीले स्वागत र महासचिव मनपति भण्डारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width