कास्की हेभी इक्युपमेन्टमा कोइराला

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७८
Kaski heavy equipment news

पोखरा । कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बालकृष्ण कोइरालाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत निर्वाचित हुनेमा वरिष्ठ उपाध्यक्ष रामचन्द्र तिमिल्सिना, उपाध्यक्ष बलराम त्रिपाठी, सचिव भीम केसी, सहसचिव बामदेव पौडेल, कोषाध्यक्ष सुमन लामिछाने, सहकोषाध्यक्ष सावित्री गुरुङ पुन रहेका छन् । यस्तै सदस्यमा उमानाथ आचार्य, टंकप्रसाद बराल, धर्म गुरुङ, रवि बराल, चन्द्रकान्त ढुंगाना, सुवास ढकाल, प्रकाश त्रिपाठी, सुजन भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । अधिवक्ता मदनप्रसाद तिवारी संयोजक, लीलाधर बराल र लिलामोहन कुइँकेल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।
हेभी इक्युपमेन्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रेमलाल श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्राकृतिक प्रकोपमा आइपरेका विपदमा सहयोग गर्दै आएकोमा हेभी इक्युपमेन्ट व्यवसायीहरुप्रति धन्यवाद व्यक्त गर्दै व्यवसायीहरुमा रहेको गुण्डागर्दीबाट हुन सक्ने सुरक्षा चिन्तामा शान्तिसुरक्षा दिन प्रशासन सक्षम रहेको बताएका थिए । समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थकता प्रदान गर्न निजी क्षेत्र र राज्यबीच सहकार्यले निरन्तरता पाइरहनु पर्ने प्रजिअ आचार्यले बताए ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर अमृतबहादुर बस्नेतले ट्राफिक नियम उल्लंघनलाई नियमन गर्नुपर्ने ट्राफिकको कर्तव्य रहेको बताए । उद्घाटन सत्रमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्य, हेभी इक्युपमेन्ट कास्कीका पूर्व अध्यक्ष लीला कुँइकेल, निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठ, गण्डकी क्रसर उद्योग संघका अध्यक्ष सुरेन्द्र त्रिपाठी, निर्माण व्यवसायी गण्डकीका टंक बराल महासंघका केन्द्रीय सचिव महेशराज पौडेल, वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा, केन्द्रीय निवर्तमान अध्यक्ष ताराबहादुर कुँवर लगायतले हेभी इक्युपमेन्ट व्यवसायीहरुको समस्या र चुनौतीबारे प्रकाश पार्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघ अध्यक्ष नीलकण्ठ पोखरेल (निश्चल) को अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन संघ उपाध्यक्ष रामचन्द्र तिमिल्सिनाले गरेका थिए । शुक्रबार मात्र व्यवसायीको कास्कीमा आयोजित भेलाले नीलकण्ठ पोखरेलको अध्यक्षतामा गण्डकी प्रदेश समिति गठन भएको जनाइएको छ । उक्त समितिमा प्रकाश लामिछाने सचिव चयन भए ।

Related News

सम्बन्धित समाचार

hero news full width