जनप्रिय कलेजमा पुनर्ताजगीकरण तालिम

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७८
janapriya college~

पोखरा । त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयद्वारा जनप्रिय कलेजमा पुनर्ताजगीकरण तालिम भएको छ । २ दिनसम्म चल्ने सो तालिम बिबिएस कोर्स डिस्सेमिनेसन, पेडागोगी एन्ड इभ्यालुएसनसँग सम्बन्धित छ ।
शुक्रबार त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले कार्यक्रमको उद्घाटन गर्दै त्रिविका परीक्षा प्रभावकारी बनाई समयमै विद्यार्थीहरुको शैक्षिक सत्र सक्न आईपर्ने विभिन्न समस्याहरुलाई समाधान गर्न आफु तयार रहेको बताए । तर समयमै पठनपाठनका काम नसकिएको कारण देखाइ विद्यार्थीले परीक्षा रोक्ने प्रवृत्ति रोक्न प्राध्यापकलाई आग्रह गर्दै उनले व्यवस्थापन संकाय डिनको कार्यालयले अनुसन्धानका माध्यमबाट नयाँ नयाँ कार्यक्रम विकास गरी पठनपाठनका लागि आवश्यक अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने गरेकोले अरु संकायलाई समेत यसको सिको गर्न आग्रह गरे ।
गण्डकी प्रदेशका आंगिक तथा सामुदायिक क्याम्पसका ३ सय ५० जना प्रशिक्षार्थीलाई अंग्रेजी, व्यवस्थापन विज्ञान, अर्थशास्त्र, सामान्य व्यवस्थापन, बजारशास्त्र, वित्तशास्त्र र लेखा विषयका विशेषज्ञले प्रशिक्षित गर्ने उद्देश्यले कार्यक्रम भएको संयोजक क्याम्पसका नि.क्याम्पस प्रमुख कृष्णबाबु बरालले बताए ।
कार्यक्रममा प्राडा भोजराज अर्यालले त्रिभुवन विश्वविद्यालयका कार्यक्रमलाई नक्कल गरेर खोलिएका अन्य विश्वविद्यालयहरुलाई नयाँ कार्यक्रम खोजी गरी चलाउनुपर्ने बताए ।
अनुगमन निर्देशनालयका निर्देशक सहप्राध्यापक विष्णुप्रसाद खनालले सम्बन्धनप्राप्त क्याम्पसका प्राध्यापकको योग्यता/क्षमता तथा उनीहरुको पेशागत नैतिकताको कडा अनुगमन तथा मूल्यांकनका माध्यमबाट विश्वविद्यालयका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आफू सदैव तत्पर रहेको बताए ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राडा पुष्कर बज्राचार्यले समयको परिवर्तन सँगसँगै नयाँ ज्ञान आवश्यक हुने र त्यस्तो ज्ञान नयाँ पाठ्यक्रमका माध्यमबाट मात्र प्रत्यायोजन गर्न सकिने भन्दै कार्यक्रमको औचित्यतामाथि प्रकाश पारे ।
व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्माले देशकै ४७ प्रतिशत विद्यार्थीले व्यवस्थापन संकायअन्तर्गत २८ वटा कार्यक्रममा भर्ना भई अध्ययन गरिरहेको बताए । विषयगत अभिमुखीकरण कार्यक्रमहरुले प्राध्यापकमा पेशागत विशिष्टता अभिवृद्घि भई विद्यार्थीलाई प्रभावकारी ढंगले प्रशिक्षित गर्न सक्ने भएकाले यस संकायले यस्ता कार्यक्रममा जोड दिएको बताए ।
व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा गिरीले स्वागत र सहायक डिन दिनेशमणि घिमिरेले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width