नेपाल औषधी व्यवसायी संघ गण्डकीको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७८
nepal aausadi sang

पोखरा । औषधी व्यवसायीहरुको छाता संस्था औषधी व्यवसायी संघ गण्डकी प्रदेशले आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सव तथा साधारण सभा भएको छ । प्रथम साधारण सभाको उद्घाटन गर्दै नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले औषधी व्यवसायी संघलाई संघिय मर्मअनुसार रुपान्तरण गर्न धेरै मेहनत पछि बल्ल सफल कार्यान्वयन भएको बताए । देशभरमा ५४ जिल्लामा संघको जिल्ला शाखा रहेको र बाँकी जिल्लाहरुमा पनि शाखा बिस्तार गरि संघको नीति नियम अनुसार मर्यादित व्यवसायमा जोड दिन प्रतिबद्ध रहेको बताए । उनले देश भरका २१ हजार व्यवसायीहरुको हितमा संघ केन्द्रीत रहेको वताएका थिए । वार्षिक ५५ अरवको कारोबार गरेर राष्ट्रिय पूँजी चलायमान गर्ने र राज्यलाई कर राजस्वमा टेवा दिने औषधी व्यवसायीहरुलाई राज्यले अपेक्षाकृत सम्बोधन नगरेको गुनासो गरेका थिए ।
पत्रकार बञ्जारालाई सम्मान
संघले आफ्नो प्रथम वार्षिक साधारण सभामा औषधी व्यवसाय र स्वास्थ्य क्षेत्रमा क्रियाशील रही खोज खगर समाचार प्रकाशन गरी व्यवसायी र आम उपभोक्ताको हितमा अतुलनीय योगदान गरेको भन्दै सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक यदुनाथ बञ्जारालाई नगद राशि र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । प्रथम वार्षिकको सन्दर्भमा प्रकाशन गरेको गण्डकी औषधी दर्पण स्मारिका विमोचन गरिएको थियो ।
वार्षिकोत्सव समारोहलाई भौतिक र भौतिक रुपमा उपस्थित हुन नसक्ने विभिन्न जिल्ला र प्रदेशका सहभागिहरुलाई भर्चुअलमा जोडेर आयोजना गरिएको नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेले बताए । उद्घाटन सत्रमा स्वागत वरिष्ठ उपाध्यक्ष शिवबहादुर केसीले गरेका थिए । प्रदेश १ का अध्यक्षकुमार खतिवडा, वागमतीका अध्यक्ष धु्रवनारायण श्रेष्ठ, लुम्बिनीका अध्यक्ष शिव ज्ञवाली, केन्द्रीय महासचिव रामचन्द्र शर्मा, केन्द्रीय सचिव यमनाथ पौडेल, सम्मानित पत्रकार यदुनाथ बञ्जारा, स्याङ्जा जिल्ला अध्यक्ष उर्मिला बस्नेत, साविक गण्डकी अञ्चल निवर्तमान अध्यक्ष रामबहादुर केसी, पूर्व उपाध्यक्ष सुरेशराज भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रदेश महासचिव केशरी तिवारीले सञ्चालन गरेको कार्यक्रम गण्डकी प्रदेश अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width