हिलसाइड स्कुलको २७ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७८
hillside

पोखरा । हिलसाइड इंग्लिस स्कुलले २७ औं वार्षिकोत्सव मनाएको छ । पृथ्वीनारायण क्याम्पसका प्रमुख डा. सरोज कोइरालाले समारोह उद्घाटन गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक नारायणप्रसाद भण्डारीले स्वागत गरेका थिए । कक्षा ७ का विद्यार्थीहरुले सरस्वती वन्दनाद्वारा स्वागत गरेका थिए ।
विद्यालयमा शैक्षिक सत्र २०७६/७७ को शैक्षिक तथा २०७८ का खेलकुदतर्फका पुरस्कार वितरण गरिएको थियो । वार्षिक खेलकुदमा नीलो सदनले उत्कृष्ट मेडल प्राप्त गरेको छ । कार्यक्रममा पोखरा ५ की कार्यवाहक अध्यक्ष हरिमाया विश्वकर्मा, विद्यालयका निर्देशक लीलाप्रसाद पराजुली र विभागीय प्रमुख सन्तोष लामिछानेले बोलेका थिए । कार्यक्रम सञ्चालन विद्यालयका अनुशासन विभाग प्रमुख मीनप्रसाद सुवेदीले गरेका थिए भने समापन प्रधानाध्यापक विष्णु हमालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग