बिजुली पोल हस्तान्तरण

आदर्श समाज सम्वाददाता
माघ २४, २०७८
pole bitaran news

पोखरा । पोखरा महानगरपालिकाभित्र रहेर पनि राज्यको ध्यान नपुगेको बस्तीमा वैकल्पिक राजनीतिक शक्तिको रुपमा अगाडि बढिरहेको राष्ट्रिय नागरिक पार्टीले बिजुलीका पोल हस्तान्तरण गरेको छ । शनिबार पार्टीका केन्द्रीय सहमहामन्त्री सागर कार्कीले पार्टीको तर्फबाट स्थानीय छबिलाल सुनारलाई सडक बत्तीको लागि फलामका ७ पोल हस्तान्तरण गरेका हुन् ।
करिब २० हजार खर्च लाग्ने उक्त पोलका लागि पार्टीका केन्द्रीय अध्यक्ष शुक्रबहादुर गुरुङले ५ हजार, केन्द्रीय उपाध्यक्ष बुद्धिबहादुर गुरुङ, सहमहामन्त्री सागर कार्की, केन्द्रीय सदस्य कृष्ण रानाभाट, केन्द्रीय सदस्य लक्ष्मण सुनार, केन्द्रीय सदस्य महेन्द्र परियार तथा पार्टीका सक्रिय सदस्य कृष्ण थापामगरले २÷२ हजार आर्थिक सहयोग गरेका थिए ।
केन्द्रीय सहमहामन्त्री कार्कीले पोल हस्तान्तरण गर्दै राष्ट्रिय नागरिक पार्टीले निम्न वर्गीय, उत्पीडनमा परेका, राज्यको पहुँचभन्दा टाढा रहेका बस्तीको सडकमा पार्टीले बिजुलीका पोल हस्तान्तरण गर्न पाउँदा खुसी लागेको तर राज्यले नागरिकको पिरमर्कामा आँखा चिम्लेको देख्दा दुख लागेको बताए । केन्द्रीय सदस्यहरु कृष्ण रानाभाट र लक्ष्मण सुनारले पार्टीले राजनीतिमात्रै गर्ने नभई सामाजिक काम पनि गर्दै आएको उल्लेख गरे ।
कार्यक्रमका संयोजक छबिलाल सुनारले स्थानीयको मागअनुसार राष्ट्रिय नागरिक पार्टीले सडक बत्तीको लागि पोल सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै वडा कार्यालयमा पटकपटक माग गर्दा समेत बेवास्ता गरेकोमा दुख व्यक्त गरे ।
पोखरा २१ को फुस्रेखोेला मट्टिखान ग्रामीण सडकबाट ५ सय मिटरभित्र रहेको एकहाते, गहतरी दलित बस्तीमा ४० घर छन् । त्यहाँका बासिन्दा साँझको समयमा बत्तीको अभावले त्रसित हुनुपर्ने तथा बिहान पढ्न जाने विद्यार्थीहरुका लागि समेत अत्यन्तै समस्या हुने गरेको स्थानीयले गुनासो गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width