वाग्मती । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौँडा उप महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । महासङ्घ मकवानपुर शाखाले विगतको वर्षबाट सञ्चालनमा ल्याएको पेन्सन कोषमा थप रु पाँच लाख सहयोग गरिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।
महासङ्घले २० वर्ष काम गरेका र ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि पेन्सन दिन सञ्चालनमा ल्याएको कोषमा थौरै भए पनि सहयोग पुगोस् भनेर सहयोग हस्तान्तरण गरिएको प्रमुख महतले भन्नुभयो । नेपालमा पहिलो पटक पत्रकार महासङ्घ मकवानपुर शाखाले एक वर्ष अगाडि कोष स्थापना गरेर मासिक रु चार हजार ज्येष्ठ पत्रकार नवराज शर्मालाई पेन्सन दिँदै आएको जनाएको छ ।
चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले कोषका लागि रु पाँच लाख सहयोग गरेको शाखाका अध्यक्ष मणिराज गौतमले जानकारी दिनुभयो । शाखाका निर्वतमान अध्यक्ष तथा पेन्सनकोषका संयोजक हरि हुमागाईंले आफनो नेतृत्वमा महासङ्घ पेन्सन कोषको स्थापना भएको र त्यसलाई थप वृद्धि गर्दे लैजाने अभियानमा लागेको बताउनुभयो । उक्त शाखाले पेन्सन कोषसम्बन्धी कार्यविधि बनाएर साधारणसभाले पास गरेपछि पेन्सनकोष सभामा ल्याइएको उहाँले भन्नुभयो । पेन्सनकोषका लागि उपमहानगरपालिकाले अघिल्लो वर्षमा रु १० लाख सहयोग गरेको बताइएको छ ।
यसअघि हेटौँडा उपमहानगरपालिकाले मकवानपुर जिल्लाका १६४ पत्रकारको रु पाँच लाखको दरले दुर्घटना बीमा गरिसकेको छ । बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम रु एक लाख २२ हजार २७० महासङ्घलाई प्रमुख महतले चेक हस्तान्तरण गरिसकेको बताइएको छ । गतवर्षदेखि उपमहानगर पालिकाले सो शाखाका सदस्यका लागि दुर्घटना बीमा गर्दे आएको छ ।
Related News
सम्बन्धित समाचार
बागमती प्रदेशमा राप्रपा सरकारबाट बाहिरियो
वागमती कांग्रेस संसदीय दलमा बहादुर लामा विजयी
राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनस्थित सम्पर्क कार्यालयमा आगलागी
आधुनिक कृषि थोक बजार निर्माणले गति लियो
११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९