स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

आदर्श समाज सम्वाददाता
माघ १६, २०७८
shaikshik saamagri bitran

म्याग्दी । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा शनिबार बेनीको बालगृहमा शैक्षिक सामग्री वितरण गरिएको छ । प्रेस सेन्टर म्याग्दी शाखाले नेपाल बाल संगठनद्वारा बेनीमा सञ्चालित बालगृहमा आश्रित बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले ६/६ दर्जन कापी कलम उपलब्ध गराएको हो ।
संगठनका सचिव सन्दीप खत्रीलाई ११ जना बालबालिकाहरुका लागि शैक्षिक सामग्री उपलब्ध गराइएको प्रेस सेन्टर म्याग्दीका सचिव धिरन खत्रीले जानकारी दिए । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका प्रमुख सचिव सन्तोष गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानिया, प्रेस युनियनका सचिव साधन राम्जाली र पत्रकार ठाकुरप्रसाद आचार्यको उपस्थिति थियो ।
कोरोना जोखिमका कारण प्रतिनिधिमूलक उपस्थितिमा स्थापना दिवस मनाएको सचिव खत्रीले बताए । प्रमुख सचिव गौतमले समावेशीकरण, श्रमजीवी पत्रकार ऐन, स्वरोजगारमूलक मिडियाको प्रर्वद्धन, प्रेस स्वतन्त्रताको एजेन्डाको व्यावहारिक कार्यान्वयनमा पेसागत संगठनहरुबीच सहकार्य आवश्यक रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै