पोखरा । गण्डकीबाट राष्ट्रिय सभामा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । तर गठबन्धनका सांसद र जनप्रतिनिधिले फ्लोर क्रस गरे । एक जना सांसदले कसैलाई पनि मत दिएका छैनन् भने २ पदमा २ जना सांसदले र १ पदमा १ जना सांसदले फ्लोर क्रस गरेर विपक्षी उम्मेदवारलाई मतदान गरे ।
सांसदले मात्रै होइन, स्थानीय तहका जनप्रतिनिधिमा पनि १ पदमा ४ जना र अन्य २ पदमा ८ जनाले फ्लोर क्रस गरेको देखिएको छ । क्रस गरिएको मतबारे समीक्षा गर्न बिहीबार बसेको बैठकले कुनै निष्कर्ष ननिकाली त्यस्ता जनप्रतिनिधिको खोजी गर्ने जिम्मा सम्बन्धित पार्टीलाई नै दिइएको छ ।
बिहीबार गठबन्धनको संयुक्त समीक्षा बैठक बसेर निर्वाचनमा भएका कमजोरी पार्टी अनुशासनको विषयबस्तु बनाउनुपर्ने निर्णय गरेको हो । ‘गठबन्धनको आवश्यकता र औचित्यतालाई थप पुष्टी गर्दै प्रजातन्त्र÷लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निष्कर्ष निकाल्यो,’ निर्णयमा भनिएको छ, ‘समीक्षाका सन्दर्भमा हाम्रो पक्षमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने पनि निर्णय गर्यो ।’
निर्वाचनमा अन्तर्घात भए पनि कसले गरेको भन्ने खोजबिन लगभग नहुने भएको छ । ‘पार्टीहरुले आन्तरिक रुपमा खोजी गर्नुहुन्छ । अर्को बैठक अब कांग्रेसले बोलाउँछ,’ कांग्रेसका महामन्त्री विष्णुप्रसाद लामिछाने भन्छन्, ‘त्यो बैठकमा पात्रहरुको छलफल हुन्छ । अहिले प्रवृत्तिविरुद्ध आवाज उठेको छ । यो घात भनेको गठबन्धनलाई मात्रै होइन, आफ्नै पार्टीलाई गरेको बेइमानी हो ।’ बैठकले गठबन्धनबाट निर्वाचित भएका उम्मेदवारलाई लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिन निर्देशन दिएको छ ।
चुनावमा सत्ता गठबन्धनका सुरेशबहादुर आलेमगर, भुवनबहादुर सुनार र कमला पन्त निर्वाचित भएका हुन्
बुधबार भएको निर्वाचनबाट महिला कोटामा कांग्रेस नेतृ कमला पन्त, खुलामा माओवादीका नेता सुरेशकुमार आलेमगर र दलित कोटामा भुवनबहादुर सुनार निर्वाचित भएका छन् । कांग्रेस नेतृत्वमा ५ राजनीतिक दल र स्वतन्त्र सांसदसहितको गठबन्धन एकातिर हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै परेको थियो । गठबन्धनमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी थिए । एमालेका तीनै उम्मेदवार पराजित भएका हुन् ।
निर्वाचितलाई प्रमाणपत्र
निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले बिहीबार प्रमाणपत्र वितरण गरेको छ । निर्वाचित गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का सुरेशबहादुर आलेमगर र भुवनबहादुर सुनार र कांग्रेसकी कमला पन्तलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले विजयीको प्रमाणपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्ने बताए । प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने उनको धारणा थियो । प्रदेशलाई देशका अन्य सात प्रदेशमध्यमा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वका बीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गरे । अवसरमा उनले निर्वाचित सदस्यले संविधानको व्यवस्था अनुसार ६ वर्षको कार्यकालमा देश, सरकार र जनताको हितमा काम गर्न आग्रह गरे ।
कार्यक्रममा कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, नेकपा (एमाले) का प्रदेश अध्यक्ष नवराज शर्मा र माओवादी केन्द्र गण्डकी अध्यक्ष गायत्री गुरुङ तथा प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले निर्वाचित सदस्यले देश, जनता र राष्ट्रको हितलाई सोचेर काम गर्ने विश्वास व्यक्त गरे । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए ।
Related News
सम्बन्धित समाचार
पोखराका भवन निर्माणमा नयाँ प्रविधि
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार
महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१