उमा माविलाई किरणको आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
माघ १३, २०७८
Uma Mavi Photo

पोखरा, १३ माघ । कास्कीको अन्नपूर्ण गाउँपालिका ८, दाङसिङको उमा माविलाई युवा व्यवसायी किरण गुरुङले आर्थिक सहयोग गरेका छन् । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका गुरुङले विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज गुरुङलाई ५१ हजार १ सय ५ रुपैयाँ हस्तान्तरण गरेका हुन्।

व्यवस्थापन समिति अध्यक्ष मनोज गुरुङले सहयोगदाता पूर्व विद्यार्थी किरण गुरुङलाई विद्यालयको शैक्षिक र भौतिक विकाशका लागि सहयोग गरेकोमा धन्यवाद दिए ।

पूर्व विद्यार्थी किरण संगीतप्रेमी भएकाले पनि विद्यायलमा संगीत कक्षाका लागि यसभन्दा अघि ड्रमसेट सहयोग गरेका थिए । विद्यालय प्रअ बुद्धिबहादुर गुरुङले सहयोगीलाई धन्यवाद व्यक्त गर्दै आर्थिक सहयोगको सदुपयोग गर्ने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width