कोरोना बढेसँगै लेखनाथ महोत्सव स्थगित

आदर्श समाज सम्वाददाता
पौष २९, २०७८
LCCI Logo_Four Colour

लेखनाथ। लेखनाथ महोत्सव स्थगित भएको छ । कोरोनाको प्रभाव बढ्दै जाँदा सरकारले सार्वजनिक स्थलमा २५ भन्दा बढी भेला हुन कडाइ गरेपछि आयोजकले महोत्सव स्थगित गर्ने निर्णय गरेको हो ।

लेखनाथ उद्योग वाणिज्य संघले आगामी माघ दोस्रो सातादेखि १७ औं संस्करणको लेखनाथ महोत्सव आयोजनाका लागि अन्तिम तयारी गरिरहेको थियो । बुधबार बसेको संघको आकस्मिक बैठले हालका लागि महोत्सव स्थगित गरी केही समयपछि पुनः सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।

महोत्सवको तयारी दू्रत गतिमा अगाडि बढ्दै गरेको अवस्थामा परिस्थितिजन्य अवस्था रहेको र ७ लाख रुपैयाँ लगानी समेत भएको अवस्थामा घाटानाफा भन्दा पनि मानव स्वास्थ्य ठूलो विषय भएकोले महोत्सव केही समय रोकिएको र अवस्था अनुकूल भएपछि पुनः सञ्चालन गर्ने संघ अध्यक्ष आत्रयेले बताए ।

महोत्सवबाट १ करोड ५ लाख आम्दानी गरेर ९० लाख खर्च गरी १५ लाख रुपैयाँ बचत गर्ने आयोजकको उद्देश्य थियो । ‘महोत्सव रोकिएको होइन कि केही समयपछि सञ्चालन हुनेछ, ’ संघ कोषाध्यक्ष भरतराज ओझाले भने ।

सुन्तला महोत्सवबाट सुरु लेखनाथ महोत्सवलाई ‘महोत्सवको पनि महोत्सव’ रुपमा चिनाउँदै एउटै थोलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने र उत्पादकत्व वृद्धि गर्दै उत्पादित बस्तुको बजारीकरणमा सहयोग पुग्ने उद्देश्य साथ नियमितरुपमा महोत्सव हुँदै आएको थियो ।
कोरोना महामारीका कारण अमरसिंह चौरमा हुने ‘पोखरा महोत्सव’ समेत यसअघि स्थगित भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । गण्डकी सरकारले बनाएर कार्यान्वयनमा रहेका केही कानून संशोधन गर्ने भएको छ । केही गण्डकी प्रदेश ऐन संशोधनको विधेयक…
  • पोखरामा मनाइयो संविधान दिवस

    रासस असाेज ३, २०८१
    गण्डकी, ३ असोज । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अंगहरूले निष्पक्ष र न्यायपूर्ण…
  • मन्त्री केसीद्वारा झोलुंगे पुल उद्घाटन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले पोखरा २५ मा निर्मित चौर अम्बोट झोलुंगे…
  • माछापुच्छ्रेमा बाल संवाद

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ माछापुच्छ्रे गाउँपालिकामा ६०औं राष्ट्रिय बाल दिवस ‘बाल संवाद’ कार्यक्रम गरी मनाइएको…
  • माओवादी पहिलोपल्ट प्रमुख प्रतिपक्षी

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । गण्डकी प्रदेशसभाको बैठक झण्डै ७० दिनपछि बुधबार बस्यो । बैठकमा पहिलोपल्ट माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको हैशियतमा रह्यो…

hero news full width