माछापुच्छ्रेमा बाल संवाद

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०८१
machha sambad Second

पोखरा । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ माछापुच्छ्रे गाउँपालिकामा ६०औं राष्ट्रिय बाल दिवस ‘बाल संवाद’ कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रममा गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीको प्रतिनिधिमूलक सहभागिता रह्यो । सहभागी विद्यार्थीले आधारभूत आवश्यकताहरु माया, ममता, संरक्षण, स्वास्थ वातावरण, उचित पोषण, शिक्षा, शिक्षक, अध्ययनरत् विद्यालयको भौतिक अवस्था तथा कठिनाइ साथै विकासका अवसरमा पाउनुपर्ने बाल अधिकारका विषयमा भोग्नुपरेका समस्याको उठान गर्दै समाधानका लागि पालिका नेतृत्वको ध्यानाकर्षण गराए ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले संवादका क्रममा उठेका समस्यालाई प्राथमिकताका आधारमा पालिकाले सहजीकरण गर्ने प्रतिबद्धता जनाइन्।बालबालिकाका निम्ति गरिने प्रत्येक क्रियाकलाप बाल अधिकारका आधारभूत सिद्धान्त विपरीत हुन नहुनेमा जोड दिइन् ।

उनले विद्यालयमा भए गरेका कार्यहरु बालअधिकारको पक्षमा छन् कि छैनन् भन्ने नजिकबाट बुझ्न आफूलाई सहज भएको सुनाउँदै आगामि दिनमा यस्ता कार्यक्रमलाई पालिकाले प्राथमिकतामा राखी निरन्तरता दिने प्रतिबद्धता पनि जनाइन् ।

कार्यक्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल, शिक्षा शाखा सहायक विष्णुप्रसाद अधिकारी, वडा ८ अध्यक्ष रामबहादुर गुरुङ लगायतले शुुभकामना मन्तव्य राखे । कार्यक्रममा वडा ९ अध्यक्ष हरिबहादुर क्षत्री, वडा ४ अध्यक्ष मधुसुदन अधिकारी, बालअधिकार समिति सदस्य गोविन्द अधिकारी, सुमिता भण्डारी लगायतको विशेष उपस्थिति रह्यो ।

कार्यक्रमबीच २०८० को एसइईमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल निष्पक्ष माविका पर्वत दाहाल र माछापुच्छ्रे माविका सौगात रेग्मीलाई सम्मान गरियो ।

शिक्षक–शिक्षिकाबीच कुर्ची घुमाइ प्रतियोगितामा शिक्षकतर्फ माछापुच्छे« माविका मिलन मजाकोटी प्रथम, भुमेश्वर आधारभूतका नवराज गौतम द्वितीय, शारदा माविका दीपेन्द्र लम्साल तृतीय भए ।

शिक्षिकातर्फ जनजागरण आधारभूतकी डिलमाया ढकाल प्रथम, अन्नपूर्ण आधारभूतकी बुद्धिकुमारी गुरुङ द्वितिय र जनकल्याण आधारभूतकी रुपा अधिकारी तृतीय भए ।

गाउँपालिका बालसञ्जाल अध्यक्ष आशिक परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले स्वागत एवं महिला तथा बालबालिका शाखा प्रमुख ज्योति पौडेलले कार्यक्रम संचालन गरिन् ।

Related News

सम्बन्धित समाचार

  • मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम

    आदर्श समाज सम्वाददाता असाेज २३, २०८१
    पोखरा । मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । उनीहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे…
  • संघीयताबारे नेतृत्व प्रस्ट हुनुपर्छ : मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताबारे सत्तासीन दलको नेतृत्व प्रस्ट हुनुपर्ने बताएका छन् । मध्यनेपाल नगरपालिकाको नवनिर्मित भवन…
  • सार्वजनिक बसमा प्रहरीको निगरानी

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    नवलपुर । यात्रुको सुरक्षा मध्यनजर गर्दै नवलपुर प्रहरीले यात्रुवाहक बसमै सादा पोशाकमा प्रहरी खटाएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपुरका…
  • गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने

    प्रकाश ढकाल असाेज २१, २०८१
    पोखरा । गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालय सवारी, कास्कीबाट गएको आर्थिक वर्ष २०८०/०८१ मा १० हजार १ सय ९१ सवारी…
  • ४० ज्येष्ठ नागरिकलाई सम्मान

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    स्याङ्जा । ‘सम्मानित बुढ्यौली विश्वव्यापीरुपमा स्याहार तथा सहयोग पद्दतिको सवलीकरण’ मूलनाराका साथ मंगलबार ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको…

hero news full width

Recent Posts

भर्खरै