पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।
लक्ष्मी ग्रुप प्रालिद्वारा स्थापित यो पदक पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित छ । संघको शुक्रबारदेखि सुरु ७० औं साधारण सभा तथा ३५ औं महाअधिवेशन उद्घाटन सत्रमा व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह (एमबिएस) तथा स्नातक तहअन्तर्गत (बिबिए र बिबिएस) मा उत्कृष्ट अंक हासिल गरि उत्तीर्ण विद्यार्थीहरुलाई उक्त पदक प्रदान गरिएको हो ।
लक्ष्मी विद्या पदक–२०७९ बाट व्यवस्थापनमा स्नातकोत्तर तह (एमबिएस)मा पृथ्वीनारायण क्याम्पसकी प्रवीना लम्साल, स्नातक (बिबिए) तर्फ ला ग्रान्डी इन्टरनेशनल कलेजकी आर्शा गुरुङ एवं स्नातक (बिबिएस) तर्फ जनप्रिय बहुमुखी क्याम्पसका रोशन गुरुङ सम्मानित भएका छन् ।
लक्ष्मी विद्या पदक–२०८० बाट एमबिएसमा पृथ्वीनारायण क्याम्पसकी जूना देवकोटा, बिबिएतर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी प्रवीना सुवेदी र बिबिएसमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसकी अस्मिता बास्तोला सम्मानित भए ।
उनीहरुलाई प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं लक्ष्मी ग्रुप प्रालिका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक सुनिल श्रेष्ठले माला, दोसल्ला, पुष्पगुच्छा, ताम्रपत्र, विद्या पदक एवं नगद पुरस्कार (स्नातकोत्तरतर्फ २५ हजार र स्नातकतर्फ १५ हजार दरले) सम्मान गरे ।
सम्मानिततर्फबाट बोल्दै प्रवीना लम्सालले यस किसिमको सम्मानले जीवनमा अघि बढ्न थप हौसला एवं ऊर्जा मिलेको बताइन् । उनले विद्या पदकको स्थापना गर्ने लक्ष्मी ग्रुप तथा संचालन गर्ने पोखरा उद्योग वाणिज्य संघप्रति विशेष धन्यवाद दिइन् ।
समारोहमा सम्मानको सत्र संघका पूर्व अध्यक्ष वसन्त उदासले संचालन गरेका थिए । उदासले विद्या पदकबाट हालसम्म ६७ जना विद्यार्थीहरु सम्मानित भइसकेको र उनीहरु देश तथा विदेशका विभिन्न प्रतिष्ठित संघसंस्था एवं सरकारी तथा निजी क्षेत्रका प्रतिष्ठानहरुमा विभिन्न ओहोदामा कार्यरत रहेको जनाए ।
२०५५ पुस २० मा पोखरा महानगरको दोस्रो नगर परिषद् उद्घाटन समारोहमा समाजसेवा, साहित्य, शिक्षा, संगीत, पत्रकारिता, उद्योग, पर्यटन, खेलकुदको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ९ जनालाई ‘पोखरेली नवरत्न’ रुपमा सम्मान गरिएको थियो । सो बेला सम्मानित लक्ष्मी हाउसका बुद्घिबहादुर श्रेष्ठले सम्मानमा पाएको १० हजारमा लक्ष्मी हाउसतर्फबाट २ लाख १ हजार १११ रुपैयाँ थप गरी अक्षयकोषको स्थापनामार्फत ‘लक्ष्मी विद्या पदक’ स्थापना गरिएको हो ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१