पोखरा । लागु औषसम्बन्धी कसुरमा पक्राउ परेका र्यापर आशीष राना ‘लाउरे’ सहित ४ जनालाई जिल्ला अदालत कास्कीले थप १७ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । आइतबार अदालतले १७ दिन म्याद दिई अनुसन्धान थाल्न जिल्ला प्रहरीलाई अनुमति दिएको हो । यसअघि ८ दिन थुनामा राखी अनुसन्धान गरिएको थियो । लागु औषधसम्बन्धी कसुरमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई छुट छ ।
पहिलो म्याद ८ दिन सकिएपछि अदालतमा १७ दिन माग गरिएकोमा दोस्रो पटक म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
लाहुरेसहित ४ जनालाई पुस १५ मा पोखरा न्यूरोडबाट कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो । ३२ वर्षीय लाहुरेमाथि ब्राउन सुगर सेवन गरेको अभियोग छ । पक्राउ पर्नेमा पोखरा २१ घर भई हाल पोखरा १७, छोरेपाटन बस्ने ३९ वर्षीय ध्रुवबहादुर थापा, कास्कीको रुपा गाउँपालिका वडा ७ घर भइ हाल पोखरा १, बगर बस्ने ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र स्याङ्जाको भिरकोट नगरपालिका वडा ६ घर भइ हाल पोखरा ८, सभागृहचोक बस्ने २२ वर्षीया सुस्मिता गुरुङसमेत हुन् ।
कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनीहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा बिक्कीको साथबाट लागुऔषध ब्राउन सुगर ०.५१ ग्राम फेला परेको थियो । प्रारम्भिक अनुसन्धानक्रममा पोखरा सभागृहचोक बस्ने सुस्मिताको कोठाभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध ब्राउन सुगर १२.५० ग्राम फेला परेको प्रहरीले जनाएको छ । साथै सुस्मिताको साथबाट ३८ हजार, ५ थान मोबाइल सेट, ग२१प ३३२३ नं.को स्कुटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
लाहुरले आफू लागु औषध सेवन नगरी स्टेज चढ्न नसक्ने प्रारम्भिक अनुसन्धानक्रममा स्वीकारिसकेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले ९० दिन अवधिभित्र आवश्यक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गर्नेछ । लागु औषध कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा लाहुरेविरुद्ध १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने छ । लाहुरे हिमालयन रोडिजका निर्णायक पनि हुन् । उनको लाहुरे, हाउडे, केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगायत गीत चर्चित छन् । उनले ताण्डव सिनेमामा पनि अभिनय गरेका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१