पोखरामा गुड्दै गरेको नगर बस भासिएपछि

आदर्श समाज सम्वाददाता
पौष २२, २०७८
271203922_4843785772354620_5238024411681539743_n

पोखरा । पोखरामा गुड्दै गरेको बस भासिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३, नदीपुरमा नगर माइक्रोबस भासिएपछि यात्रुको भागाभाग भएको छ ।

बगरदेखि महेन्द्रपुलतर्फ आउँदै गरेको ग १ ख ६४५४ नम्बरको माइक्रोबस बिहीबार मध्याह्तिर भासिएको हो । त्यस ठाउँमा केही साताअघि अस्फाल्ट पिच समेत भएको थियो ।

पोखराको मुख्य बजार महेन्द्रपुलमा पनि गत बर्खायाममा सडक किनारको पेटी भासिएको थियो । कमजोर भूधरातलका कारण पोखराका विभिन्न भाग यसैगरी भासिने गरेका छन् ।

तस्बिर:सुभाष मल्लको फेसबुकबाट ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै