पोखरा । पोखराकै पुरानो विद्यालय विन्ध्यवासिनी मा.वि वाटुलेचौरले विभिन्न कार्यक्रम गरी विद्यालय ७५ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने भएको छ ।
वि.सं २००४ सालमा स्थापना भएको उक्त विद्यालयले पुस २७ गते हीरक जयन्तीको उद्घाटन गरी चार महिनासम्म विभिन्न कार्यक्रम सहित आगामी २७ गते समापन गरिने वुधवार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा अधिकारी थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्य समिति, २८ सदस्यीय सचिवालय तथा विभिन्न व्यक्तिको संयोजकत्वमा २९ वटा उपसमिति गठन गरी तयारी शुरु गरिएको छ । समितिका अध्यक्ष चन्द्रा अधिकारी थापाले हीरक जयन्तीलाई ऐतिहासिक र गौरवपुर्ण वनाउन कुनै कसर वाँकी नराख्ने वताउदै, सवै पक्षको सहयोग र सहभागितावाट कार्यक्रम सफल बन्ने बताए । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले शैक्षिक गुणस्तरमा थप वृद्घि गर्न विद्यालय प्रतिवद्घ रहेको वताउदै सवै पक्षको समन्वय आवस्यक रहेको उल्लेख गरे ।
हीरक जयन्तीको पुर्वसन्ध्यामा विद्यालयले पुस २५ गते वडाभित्र वृहत सरसफाई, २६ गते सांस्कृतिक झाँकी सहित प्रभातफेरि, २७ गते विहान रक्तदान गरिने र भव्य समारोहका विच जयन्तीको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले गर्ने प्रचार उपसमितिका संयोजक यदुनाथ वञ्जराले जानकारी दिए । हीरक जयन्तीका अवसरमा विद्यालयले मा.वि तहमा खुल्ला दौड, सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, वडा स्तरीय आधारभुत तहमा हिसाव दौड, मिठाई दौड, विन्दि दौड, आमा समुहविच म्युजिकल चियर प्रतियोगिता, अभिभावक सम्मेलन, नि शुल्क स्वास्थ्य शिविर, विज्ञान प्रर्दशनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पुर्नमिलन कार्यक्रम र चैत २७ गते नवनिर्मित भवनको उद्घाटन सहित हीरक जयन्ती समापन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
जयन्तीलाई सफल वनाउन प्रचार प्रसार,अर्थ संकलन, संघ संस्था समन्वय लगायतका २९ वटा उपसमितिले आ आफ्नो कार्यलाई तिव्रता दिएको वताईएको छ । चार महिनासम्म संचालन हुने हीरक जयन्तीका कार्यक्रम मनाउन करिव ४१ लाख रुपैया खर्च लाग्ने र उक्त रकम विभिन्न सहयोगी संघ संस्था, भु.पु विद्यार्थी, विज्ञापनदाता, लगायतवाट संकलन गरिने अर्थ संकलन उपसमितिका संयोजक शिवराजदेवकोटाले जानकारी दिए। स्थापनाको १७ वर्ष पछि २०२१ सालमा पहिलोपटक तत्कालिन प्रवेशिका परीक्षामा सहभागी गराएको विद्यालयले हालसम्म उत्कृष्ट स्थान हासिल गर्दै सामुदायिक विद्यालय तर्फ गण्डकी प्रदेशमा उत्कृष्ट तेस्रो र कास्की जिल्लामा दोस्रो वन्न सफल भएको छ । हाल विद्यालयमा कक्षा शिशु देखि कक्षा १२ सम्म करिव १ हजार २ सय ८ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने निजि र दरवन्दी गरी ८३ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।
विद्यालयले गुणस्तरीय शिक्षालाई पहिलो प्राथामिकतामा राख्दै कक्षा ११ र १२ मा व्यवस्थापन तथा विज्ञान संकायमा कक्षा संचालन गरिरहेको छ । यसैविच सोही कार्यक्रममा हीरक जयन्तीको गुणस्तरीय शिक्षाका लागी अनुशासन र सर्मपण अकिंत नारा लेखिएको लोगो समेत सार्वजनिक गरिएको छ । लोगोको समितिका अध्यक्ष थापा र प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले सार्वजनिक गरे।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१