हाम्रो सहयोगीमा कँडेलकै निरन्तरता

आदर्श समाज सम्वाददाता
पौष २१, २०७८
Hamro Sahayogi

पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले शुक्रराज कँडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रुद्रबहादुर विश्वकर्मा, सचिव कृष्णप्रसाद तिमिल्सिना र कोषाध्यक्ष श्रीजन श्रेष्ठ निर्वाचित भए ।
सदस्य गोपालप्रसाद भुसाल, कृष्णबहादुर लम्साल, शिवसंसार श्रेष्ठ, मनोज रसाइली, रविबहादुर विक, डिल्लीराम पाण्डे, सावित्री क्षत्री, सुमन पहारी र शकुन्तला श्रेष्ठ चयन भएका छन् । लेखा समिति संयोजक रामचन्द्र पौडेल, सदस्य लक्ष्मीप्रसाद शर्मा र डिल्लीप्रसाद पोखरेल छन् ।
साधारण सभाको गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले उद्घाटन गरे । त्यस अवसरमा मन्त्री विश्वकर्माले हाम्रो सहयोगी गण्डकी प्रदेशस्तरीय सहकारी बनेकोमा बधाई ज्ञापन गर्दै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय कार्य गरेकोमा खुसी व्यक्त गरे । उनले प्रदेशमा कृषिको लागि बजेट रहेको र सहकारीले माग गरेमा सहयोग गर्न सकिने बताए ।
जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष छबिलाल लामिछानले एउटै पालिकाका समान खालका धेरै सहकारीमा सदस्य भएकाहरुलाई एउटा सहकारीको मात्रै सदस्य बन्न सुझाव दिए । उनले भने,‘ धेरै सहकारीमा सदस्य छन् भने अब मिलाएर एउटैमा मात्रै बनाउँदा सेयर सदस्यहरुलाई दीर्घकालीन लाभ हुनेछ ।’
संस्थाका अध्यक्ष शुक्रराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार नवीनकिरण भुसाल, भोजराज सुवेदी, राधिका शाही योगी, इन्द्रप्रसाद बराल, निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष किसान सुनार, सीएमसी कास्कीका सचिव मोहनप्रसाद अधिकारी, रानीवन साकोसका अध्यक्ष प्रेमप्रसाद सुवेदीलगायतले संस्थाले कोरोना महामारीका बीचमा पनि उल्लेखनीय आर्थिक उपलब्धि हासिल गरेको भन्दै प्रशंसा गरे ।
सहकारीको बुलेटिन तेस्रो संस्करण ‘सहकारी सन्देश’ विमोचन गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष सुवास ढुंगानाले स्वागत र सचिव लोकेन्द्रकुमार राईले सञ्चालन गरेका थिए ।
सभास्थलमा सेयर सदस्यहरुका व्यवसायबाट उत्पादित वस्तुहरुको प्रदर्शन तथा बिक्री कक्ष राखिएको थियो । लाइफ केयर डायग्नोस्टिक पोखराद्वारा निशुल्क रक्त परीक्षणको व्यवस्था गरिएको थियो ।
पोखरा ९ पृथ्वीचोकस्थित पोखरा मलमा कार्यालय रहेको सहकारीको पोखरा महानगरपालिकाका सबै वडा र रुपा गाउँपालिकासमेत कार्यक्षेत्र रहेको छ । संस्थाका ९ सय ७४ सेयर सदस्य रहेका छन् । संस्थाको सेयरपुँजी ७ करोड ५९ लाख ६२ हजार ३ सय छ भने २० करोड ७८ लाख ४२ हजार ४ सय ३० बचत निक्षेप रहेको संस्थाले जनाएको छ । संस्थाले ३० करोड २३ लाख १० हजार ७ सय ९८ रुपैयाँ कर्जा लगानी गरेको व्यवस्थापक जीवन अधिकारीले जानकारी दिए ।
संस्थाले स्मार्ट मोबाइल बंैकिङ सेवा, क्यु आर कोड लगायतका आधुनिक प्रविधिमार्फत सदस्यलाई २४ सै घन्टा सेवा प्रदान गर्र्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै