काठमाडौं । अँग्रेजी नयाँवर्ष सन् २०२२ का उपलक्ष्यमा यही पुस १५ देखि १७ गतेसम्म २३औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।
रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा ९रेवान०द्वारा पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । महोत्सवका संयोजक नरेश भट्टराईले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै महोत्सव आयोजना गरिने बताउनुभयो ।
रेवानले पत्रकार सम्मेलनमार्फत २३औैँ संस्करणको महोत्सवका गतिविधिबारे जानकारी दिँदै ‘पोखरा खुल्लै छ’ भन्ने सकारात्मक सन्देशका साथ पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको जनाएको छ । पोखराको लेक साईड क्षेत्रको तीन किलोमिटर क्षेत्रमा महोत्सव आयोजना हुनेछ ।
सडकमै खाउँ, सडकमै रमाऔँ भन्ने उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रवद्र्धन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, खेलकुद प्रतियोगिता आदि आयोजना गरिनेछ । महोत्सवले कोभिड महामारीले सुस्ताएको पर्यटन व्यवसायमा केही हदसम्म उत्साह थपिने संयोजक भट्टराईले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
hero news full width
मुख्य समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१