पोखरा । पोखरा २३ मा चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव–२०७८ आयोजना हुने भएको छ ।
चापाकोट पर्यटन प्रवद्र्धन समितिले पोखरा २३ मा पर्यटन भित्राउने लक्ष्य सहित तेस्रो संस्करणको विविध प्रतियोगिता सहित मेला आयोजना गर्ने समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक भिम पराजुलीले बताए । उनका अनुसार मेला पुस १ देखि ५ गतेसम्म सञ्चालन हुनेछ ।
संयोजक पराजुलीले सो मेलामा संस्कृति संरक्षण गर्ने उद्देश्य सहित भजन प्रतियोगिता, बाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता तथा दुनाटपरी गाँस्ने प्रतियोगिता समावेश गरिएको जानकारी दिए । साथै महोत्सवमा बाल नृत्य प्रतियोगिता समेत आयोजना हुनेछ ।
महोत्सवमा आयोजना हुने भजन, बाजा तथा रत्यौली प्रतियोगिताका विजेता समुहले प्रमाणपत्र तथा मेडल सहित ३० हजार प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो, तेस्रो र सान्त्वना हुनेले मेडल तथा प्रमाणपत्रसहित क्रमशः २० हजार, १० हजार र ५ हजार हात पार्नेछ । संयोजक पराजुलीले बाल नृत्यतर्फ विजेताले मेडल तथा प्रमाणपत्रसहित ३ हजार प्राप्त गर्ने जानकारी दिए । पराजुलीका अनुसार द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले मेडल तथा प्रमाणपत्रसहित क्रमशः २ हजार, १ हजार र ५ सय प्राप्त गर्ने छन् ।
महोत्सवमा विभिन्न प्रतियोगितासँगै सांस्कतिक विशेष आकर्षणहरु समेत समावेश गरिएको पराजुलीले बताए । ‘हामीले प्रतियोगितामात्रै नभएर लोक संस्कृति संरक्षण गर्ने उद्देश्य सहित विभिन्न ख्यातिप्राप्त कलाकारलाई पनि निम्ताएका छांै,’ उनले भने, ‘योसँगै हाम्रो मौलिकतासँग जोडिएको लठ्ठे पिङ, रोटे पिङको पनि व्यवस्था गरेका छौ ।’ सांस्कृतिक कार्यक्रमतर्फ प्रजापति पराजुली, जीवन दाहाल, पोखरेली माग्ने बुढा, तारापति सुवेदी, सरला पाण्डे, शिवहरि ढुंगाना लगायतको बेजोड प्रस्तुति रहने छ ।
Related News
सम्बन्धित समाचार
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१