सराङकोटको वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७८
sarangko sahakari 2

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिकोत्सव अवसरमा शुक्रबारदेखि साताव्यापी कार्यक्रम सुरु भएको छ ।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले संस्था स्थापनादेखि रेडियो सराङकोटको प्रसारण सामाजिक उत्तरदायित्वका लागि विविध सामाजिक शिक्षा, स्वास्थ्य वातावरणमैत्री सदस्य सेवा कार्यक्रम गरिंदै आएको बताए ।
उनका अनुसार संस्थाले यस वर्ष वार्षिकोत्सव अवसरमा विद्यार्थीलाई शैक्षिक पोशाक वितरण, रक्तदान, स्टार डाग्नोस्टिक सेन्टरको सहकार्यमा होल बडी चेकअप र रगत परीक्षण गर्ने भएको छ । कार्यक्रमअन्तर्गत एल एन्जल विद्यालयमा शैक्षिक पोशाक वितरण गरिएको छ । शिक्षा समितिमार्फत विद्यार्थीको आवश्यकताअनुसार पोशाक वितरण गरिएको कार्यक्रम संयोजक जयराम पौडेलले बताए ।
मंसिर २५ गते वार्षिकोत्सव समापनसहित रक्तदान, रक्त परीक्षणमार्फत सम्पूर्ण रोगको परीक्षण गरिने र सोमा ६० प्रतिशतसम्म छुट दिने, साथै संस्थागतरुपमा कार्ड आधारमा ४ वर्षसम्म छुट सेवा दिने योजना रहेको स्टार डाग्नोस्टिक सेन्टरका अध्यक्ष अर्जुन ज्ञवालीले बताए ।
संस्थाले सेयर सदस्य तथा कर्मचारीका सम्पूर्ण परिवारका लागि स्वास्थ्य सेवा छुट स्वास्थ्य बिमासहित विभिन्न व्यावसायिक फर्मबाट छुट सुविधा दिंदै आएको संस्थाका व्यवस्थापक सुरेन्द्र थापाले बताए ।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय प्राचार्य दिनेश गौतम, रेडियो सराङकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठ, शिक्षा समिति सदस्य घनश्याम गौतम लगायतले आ–आफ्नो धारणा राखेका थिए । २०६३ मा स्थापना भएको सहकारीले ४४ करोड ऋण लगानी ७ करोड सेयर पुँजीसहित कुल ५३ करोडको कारोबार गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै