झण्डै २ लाख अमेरिकी डलरसहित नेपाली पक्राउ

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७८
police dd

पोखरा, ११ मंसिर । कास्की प्रहरीले स्रोत नखुलेको १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरा आइरहेका ती व्यक्तिलाई पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३३, मजुवाबाट प्रहरीले शुक्रबार दिउँसो पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा बस्ने छिरिङ डुन्डु गुरुङ हुन् । प्रहरीले पक्राउ परेका गुरुङमाथि आवश्यक सोधपुछ गरिरहेको डिएसपी महेन्द्र मर्सानीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width