मेरो गणना, मेरो सहभागिता

आदर्श समाज सम्वाददाता
कार्तिक १५, २०७८
Gurung Gadana Photo

पोखरा । हरेक १० वर्ष अन्तरालमा गरिने नेपालको जनगणनाअन्तर्गत २०७८ सालको पहिलो चरण सकिएको छ । ११ औं पटक हुन लागेको गणना उत्कृष्ट बनाउन तथ्यांक विभाग लागिपरेको छ ।
धेरै विषयबस्तु समट्दै खाका तयार पारेर सुपरीवेक्षक खटिएर पहिलो चरण सकाएका छन् । कात्तिक २५ देखि मंसिर ९ सम्म दोस्रो चरणमा गणकहरु खटिंदै छन्।

जनगणनामा आफूहरुको सहभागिता सही रहोस् भनेर तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद देश दौडाहमा निस्केको छ । केन्द्रीय समितिले पोखरामा अन्तत्र्रिmया गरी गुरुङ जाति, भाषा र धर्मबारे प्रष्ट्याएको हो । जनगणनाबाट प्राप्त तथ्यांककै आधारमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत क्षेत्रमा नीति बनाइने भएकाले सही सूचना दिन आग्रह गरिएको परिषद्का अध्यक्ष रेशम गुरुङले जानकारी दिए । जनगणनाले गुरुङहरुको जनजीवनमा प्रत्यक्ष असर पर्ने भएकोले सबै सचेत रहन उनको आग्रह थियो ।

गणकसमक्ष गुरुङहरुको जातीय पहिचान, भाषा र धर्मबारे स्पष्ट जानकारी गराउन परिषद्का महासचिव सूर्यबहादुर गुरुङले आग्रह गरे । कार्यक्रममा परिषद् कास्की उपाध्यक्ष सीता गुरुङ, सचिव आशबहादुर गुरुङ र खीमा गुरुङले कास्कीका गुरुङ समुदायलाई जनगणनामा सही सूचना दिन सघाउने प्रतिबद्धता जनाए । जनगणनामा गुरुङको ११, भाषाको १३ र धर्म बौद्धको २ र बोन धर्मको ७ नम्बर कोड रहेको जानकारी गराएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width