मित्रमिलन पुरस्कार अथकलाई

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७८
kamal athak~prize

पोखरा । मित्रमिलन पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार कमल पौडेल अथक पुरस्कृत भएका छन् ।
मित्रमिलन बचत तथा ऋण सहकारी, नयाँबजारको आठौं साधारण सभा समापनको अवसरमा शनिवार पत्रकार अथकलाई पुरस्कृत गरिएको हो । राष्ट्रिय सहकारी बैंक पोखराका प्रमुख नरेश पाण्डे र संस्थाका अध्यक्ष रमन पौडेलले २५ हजारसहित सम्मानपत्र प्रदान गरे ।
पोखरामा २ दशकदेखि निरन्तर पत्रकारिता गर्दै आएका अथक पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य हुन् । रेडियो सराङकोटका समाचार प्रमुख एवं समयदृष्टि अनलाइनका सम्पादकसमेत छन् ।
पुरस्कृतपछि उनले पुरस्कारले पत्रकारिताको क्षेत्रमा हौसला थपेको बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखराका प्रमुख नरेश पाण्डेले सहकारीहरुले वित्तिय साक्षरतालाई जोड दिनु पर्ने बताए
कार्यक्रममा उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले पनि बोलेका थिए ।
यस्तै, उत्कृष्ट शेयर सदस्यतर्फ राजकुमार श्रेष्ठ, विष्णुमाया वराल, टंकप्रसाद खनाल, कृष्णराज अधिकारी सम्मानित भए । उत्कृष्ट बचतकर्ताको रुपमा सीता अधिकारी, राम बराल र लक्ष्मण बराल, उत्कृष्ट कर्जा सदस्यबाट देवेन्द्र बराल र केशवकुमार बस्नेत, सक्रिय सदस्यतर्फ माया अधिकारी सम्मानित भए । उत्कृष्ट कर्मचारीतर्फ अमृता मरासिनी र कसेरी सेवा केन्द्रका सुमित्रा बराल सम्मानित भएका छन् ।
संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष भरत भट्टराई, आइसी एफसी फाइनान्सका गण्डकी प्रदेश प्रमुख अनुप केसी, नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल, सल्लाहकार संयोजक दीपकबहादुर अधिकारी, सल्लाहकार डण्डपाणि बराल, भोलानाथ अधिकारी, शेयर सदस्य सूर्यराज भण्डारी, सुमन पहारी, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, उपाध्यक्ष विजय लम्साल र सचिव कुशल पौडेल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width