श्री कोट देउरालीको सहकारीको सभा

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७८
kot derulai

पोखरा । श्री कोट देउराली बहुउद्देश्यीय सहकारी संस्था, पोखरा–३१, मोहरियाको शनिबार साधारणसभा भएको छ ।
पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले साधारणसभा उद्घाटन गर्दै सहकारीको थप प्रगतिको कामना गरिन् ।
सहकारी अध्यक्ष सुरेन्द्र सापकोटा भाटको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रकाशचन्द्र कँडेलले गरेको लेखा संयोजक चित्रप्रसाद भट्टराईले जानकारी दिए ।
सहकारीले उत्कृष्ट बचतकर्ताबाट भरत तिवारी, उत्कृष्ट ऋण कारोबारीबाट अञ्जु परियार, कृषक महिला देवु कँडेल, कृषक पुरुष मधुसुदन तिवारी, ज्येष्ठ नागरिक सोमलाल तिवारीलाई सम्मान गरेको छ । साथै शेयर सदस्यका छोराछोरीमध्ये गण्डकी प्रदेशमा विज्ञान संकायमा उत्कृष्ट नतिजा ल्याउन सफल दीक्षा वस्तीलाई सम्मान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै