काकीका अलैंची किसान संगठित

आदर्श समाज सम्वाददाता
कार्तिक ६, २०७८
alaichiss~

पोखरा । कास्कीका अलैंची उत्पादक किसान संगठित भएका छन् । शुक्रबार तेस्रो साधारणसभामार्फत नयाँ कार्यसमिति गठन भएको छ । जिल्ला अलैंची उत्पादक कृषक संघ नाम दिइएको उक्त संस्थाको अध्यक्षमा सुरेन्द्रजंग क्षेत्री चयन भएका छन् ।
यस्तै, उपाध्यक्षमा विशाल गुरुङ, महासचिव रामचन्द्र पौडेल, सचिव सुरेश सापकोटा र कोषाध्यक्ष लालशोभा गुरुङ चयन भए । सदस्यमा नेत्रप्रसाद अधिकारी, नरेशराज लामिछाने, क्या. मन्त्रीजंग गुरुङ, रुपेश गुरुङ, माया गुरुङ र बिनु बस्नेत छन् ।
संस्थाको सल्लाहकारमा जीतबहादुर बस्नेत, जसबहादुर गुरुङ, बासुदेव तिवारी, इन्द्र गौचन, जीवनाथ लामिछाने र कुन्तिकुमारी गुरुङ छानिएका छन् ।
निवर्तमान अध्यक्ष जीतबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सुरेन्द्रजंग क्षेत्रीले गरेका थिए । कोषाध्यक्ष कुन्ति गुरुङले आर्थिक तथा उपाध्यक्ष जसबहादुर गुरुङले प्रगति प्रतिवेदन पेस गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width