चितवन, ४ कात्तिक । मध्य नेपालको ७८औँ जिल्लाका रूपमा चिनिएको चितवनमा वर्षेनी बसाइँसराइ गरी आउने क्रम बढ्दै गएको छ । आन्तरिकरूपमा हुने वृद्धि र बाहिरबाट आउनेसमेत गरी १० वर्षका अवधिमा ३९ हजार बढी घरधुरी थपिएका हुन्।
विसं २०६८ को जनगणनालाई आधार मान्दा जिल्लामा हाल ३९ हजार २ सय ३८ परिवार थप भएका हुन् । जिल्ला जनगणना कार्यालयका अनुसार जिल्लाका ७ पालिकामा सुपरीवेक्षकले गरेको स्थलगत अध्ययनका आधारमा परिवार सङ्ख्यामा वृद्धि भएको हो । कार्यालय प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जनगणनामा १ लाख ७१ हजार ७ सय परिवारको गणना हुँदैछ । पछिल्लो जनगणनामा १ लाख ३२ हजार ४ सय ६२ परिवारको गणना भएको थियो । यहाँका पालिकामा समेत परिवार सङ्ख्यामा वृद्धि भएको पाइएको छ।
सात पालिकामा नै परिवार सङ्ख्यामा वृद्धि भएको हो । उनका अनुसार भरतपुर महानगरपालिकामा ८७ हजार ४ सय ४२ परिवारको गणना हुँदैछ । यो अघिल्लो गणनाको भन्दा १८ हजार ४ सय ७ परिवारले वृद्धि भएको छ । यस्तै रत्ननगर नगरपालिकामा २३ हजार १ सय ५३ परिवारको गणना हुँदैछ । यस पालिकामा ७ हजार ८३ परिवार सङ्ख्यामा वृद्धि भएको छ । कालिका नगरपालिकामा १२ हजार ३ सय ३७ परिवारको गणना हुने कार्यालयले जनाएको छ । यस पालिकामा ३ हजार २ सय २१ परिवार थपिएका छन् । खैरहनी नगरपालिकामा ४ हजार ९ सय ३७ परिवार थप भएका छन् । यस पालिकामा १७ हजार २ सय ६८ परिवार रहेका छन् । राप्ती नगरपालिकामा १५ हजार १ सय १९ परिवारको गणना हुँदैछ । यस पालिकामा अघिल्लो गणनाभन्दा ३ हजार ६४ परिवार थप भएका हुन्।
यहाँका पालिकामा समेत परिवार सङ्ख्यामा वृद्धि भएको पाइएको छ।
माडी नगरपालिकामा १० हजार १ सय ७८ परिवारको गणना हुने भण्डारीले जानकारी दिए। यस पालिकामा १ हजार २ सय १८ परिवार वृद्धि भएको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा ६ हजार २ सय ३ परिवारको गणना हुने उनले बताए । उनका अनुसार गाउँपालिकामा १ हजार ४ सय २५ परिवार थपिएका छन् । भूकम्पपछि पहाडी क्षेत्रबाट धेरै बसाइँसराइ गरी यहाँ आएकै कारण परिवार सङ्ख्या थप भएको अनुमान छ।
कार्यालयले जनगणनाअन्तर्गत प्रथम चरणको घर तथा घरपरिवारको सूचीकरण कार्यका आधारमा यो तथ्याङ्क लिएको हो । पहिलो चरणमा २१० जना सुपरिवेक्षाकले भदौ ३० गतेदेखि असोज १८ गतेसम्म स्थलगत अध्ययन गरी ल्याएको तथ्याङ्कका आधारमा १ लाख ४० हजार ७ सय ८० घरमा ती परिवार बसोबास गर्दै आएका छन् । ती परिवारमा आगामी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणना हुँदैछ । गणनामा ८ सय ५७ जना गणक परिचालन हुँदैछन् ।
अहिले गणनाका लागि गणक छनोटको अन्तिम तयारी भइरहेको छ । केन्द्रीय तथ्याङ्क विभागले छनोट गरेका गणकको प्रमाणीकरण र सक्कल काजगपत्र भिडाउने काम भइरहेको छ । कात्तिक १३ देखि १६ गतेसम्म गणकको तालिम हुनेछ । एक जना सुपरीवेक्षकअन्तर्गत चार गणक रहने व्यवस्था गरिएको छ । एक जना गणकले २ सय ५० परिवारको गणना गर्नुपर्ने छ । एक परिवारमा गणकले ८० प्रश्न सोध्नेछन् । एक परिवारमा करिब ४५ मिनेट लाग्ने छ । विसं २०६८ को जनगणनाभन्दा अहिलेको नयाँ प्रविधिबाट गणना हुने भण्डारीले बताए।
कार्यालय प्रमुख भण्डारीका अनुसार घर गणना, सामुदायिक प्रश्नावली, पुख्र्यौली भाषा, मातृ मृत्युदर, बैंक वित्तीय संस्थामा खाता रहेको नरहेको, ऋण लिएको नलिएको, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट तालिम लिएको नलिएको, कृषि गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनलगायतका तथ्याङ्क गणकले लिनेछन् । गणना सम्पन्न गर्नका लागि जिल्लामा रहेको ९८ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन गरी काम भइरहेको उनले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१