Worldlink ads

एनसेलको चाडपर्व अफर

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७८
ncell

पोखरा । एनसेल आजियाटाले चाडपर्व अवसरमा विभिन्न छुट सुविधा दिने भएको छ । दसैं अवसरमा एनसेल ग्राहकका परिवारजन, साथीभाइ र आफन्तले मलेसिया, युएई र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउने भएका छन् ।
एनसेलले घटनास्थापनादेखि लागु हुने गरी यो आकर्षक योजना सञ्चालनमा ल्याउन लागेको जनाएको छ । सो योजनामा धेरैभन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले १÷१ गरी हरेक हप्ता २१ स्मार्टफोन पाउने छन् ।
यसबाहेक विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्नेछन् । सो योजना कात्तिक २४ सम्म सञ्चालन हुनेछ । यस अवधिमा १ सय १० ग्राहकले स्मार्टफोन पाउने छन् । स्मार्टफोन जित्न योग्य हुन कम्तीमा ग्राहकले माथि उल्लेखित देशबाट कम्तीमा २ मिनेट आगमन कलमा कुरा गरेको हुनु पर्दछ । ब्यालेन्स रिचार्जअन्तर्गत स्मार्टफोन जित्न योग्य हुन ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनु पर्दछ ।
प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेट आधारमा २१ जना स्मार्टफोन विजयी ग्राहकको नाम छानिने जनाइएको छ । मलेसियाको डिजी, यू मोबाइल, सेलकम र माक्सिस, युएईको एतिसलात र डु र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिन स्मार्टफोन जित्ने मौका पाउने छन् । हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकम आधारमा १ जना ग्राहकले स्मार्टफोन पाउनेछ ।
यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीमाझ चाडपर्वको शुभकामना आदानप्रदान गर्न र मनोरञ्जनका लागि शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदैछ । सो कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल तथा कमेडियन सुमन कार्कीको हस्यकलाले मनोरञ्जन प्रदान गर्नेछन् ।
यस योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ । स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकले १७१२६ डायलगरि सजिलै यो सेवा निशुल्क सुचारु गर्न सक्छन् । विदेशबाट आउने कलमा पहिलो २ मिनेटपछि हरेक मिनेट बोनस पाउँछन् ।
यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्ने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

    • माइक्रोसफ्ट च्याम्पियनसिपको विजेता घोषणा

      आदर्श समाज सम्वाददाता असाेज २१, २०७८
      पोखरा । सूचना प्रविधि क्षेत्रको विश्वको सबैभन्दा ठूलो प्रतियोगिता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्र्ड च्याम्पियनसीप–२०२१ नेपालको राष्ट्रिय विजेता घोषणा तथा अवार्ड…
    • टेलिकमकाे दसैं अफर, के छन् सुविधा ?

      आदर्श समाज सम्वाददाता असाेज १८, २०७८
      काठमाडौं ।  नेपाल टेलिकमले चाडपर्वका अवसरमा मंगलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको…
    • इन्टरनेट जडानमा अनुदान

      रासस असाेज १२, २०७८
      पाल्पा । रिब्दीकोट गाउँपालिकाभित्रका नागरिकले सूचना प्रविधिको अत्यधिक प्रयोग गरी घर तथा टोलबाट नै सरकारी सेवा उपभोग गर्न थालेका छन्…
    • नेपाल टेलिकमको नमस्ते पे एप

      आदर्श समाज सम्वाददाता भाद्र ३१, २०७८
      पोखरा । नेपाल दूरसञ्चारको नेपाल टेलिकमले नमस्ते पे सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा एप…
    • पोखरामा डिसहोम फाइबर नेट शुभारम्भ

      आदर्श समाज सम्वाददाता भाद्र २४, २०७८
      पोखरा । डिस मिडिया नेटवर्क लिमिटेडले पोखरामा डिसहोम फाइबर नेटको औपचारिक सुरुआत गरेको छ । बुधबार पोखरा ८ नयाँबजारस्थित भट्टराई…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads