काठमाडौं । ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट नम्बर प्लेट स्पष्ट नलेखिएका १६५ र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, ‘अनटेस्ट’, अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका र नम्बर प्लेट ढाकिएका मोटरसाइकल विरुद्ध विशेष अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।
विशेषगरी नयाँ ‘अनटेस्ट’ र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाइकलले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेकाले यस्ता मोटरसाइकललाई कारबाहीको दायरामा ल्याएको महाशाखा उहाँले बताउनुभयो ।
ट्राफिक नियम उलङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुनसक्ने चोरी लुटपाटलगायतका आपाराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाइ छ । त्यस्ता तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले ५०० देखी एक हजार ५०० रूपैँयासम्म जरिवाना गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१