जिसस प्रमुखलाई नगरको गाडी उपहार

सविन लामिछाने
असाेज २०, २०७८
Damauli news by sabin lamichhane

दमौली । व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले नगरपालिकाको गाडी जिल्ला समन्वय समिति (जिसस), दमौली प्रमुख शान्तिरमण वाग्लेलाई दिएका छन् । ६ महिनाअघि ५४ लाखमा नगरपालिकाले खरिद गरेको ग१झ ५४३ नं को स्कोरपियो नगर प्रमुख न्यौपानेले जिसस प्रमुख वाग्लेलाई उपहार दिएका हुन् । वाग्ले कांगे्रस व्यास नगरका निवर्तमान सभापति तथा न्यौपाने कांग्रेसका तनहुँ सभापति हुन् ।
समन्वयलाई सिधै गाडी खरिद गर्ने अधिकारी नभएकाले नगरपालिकामार्फत खरिद गरिएको नगरप्रमुख न्यौपानेको दाबी छ । उनले भने, ‘समन्वयलाई सिधै गाडी खरिद गर्ने अधिकार छैन । हाम्रो विकासको योजनामा समन्वयले बजेट हालिदिएको छ । त्यसैले गाडी खरिद गरेर दिएका हौं ।’
जिसस प्रमुखलाई हलुका सवारी चालकसहितको सवारीसाधनको सेवा पाउने अधिकार जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उल्लेख छ । उनले थपे, ‘हामीले ५४ लाखको गाडी खरिद गरेर दिँदा ७८ लाख बराबरको योजनामा बजेट समन्वयले बजेट हालिदिएको छ ।’ गाडी खरिद गरी जिससलाई दिँदा नगरपालिकालाई कुनै घाटा नभएको बरु उल्टै नाफा भएको नगर प्रमुख न्यौपानले दाबी गरे ।
जिससले वडा कार्यालय १ को भवन निर्माणमा १५ लाख, वडा ९ को कार्यालयको भवन बनाउन १५ लाख, रानी गाउँ डिप बोरिङ खानेपानी योजनामा २८ लाख ८७ हजार, सत्रसय खानेपानी योजनामा ७ लाख ५० हजार, श्रीचौर खानेपानी योजनामा ७ लाख ५० हजार र सिमलटार नरंगा खानेपानी योजनामा ४ लाख ५० हजार गरी कुल ७८ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । तर स्थानीय तहले खरिद गरेको गाडी लिन पाउने प्रावधान छैन । यस विषयमा जिसस प्रमुख वाग्लेसँग प्रतिक्रिया लिँदा गाडी लिन मिल्ने प्रावधान रहेको बताए । ‘स्थानीय तहले समन्वयलाई गाडी दिन मिल्छ । मिल्ने भएर नै हामीले गाडी लिएका हौं,’ उनले भने, ‘नगरपालिकाको विकास निर्माणको अनुगमन गर्न सहजताका लागि गाडी लिएका हौं ।’
यसैबीच, अधिवक्ता खगेन्द्र सुवेदीले नगरपालिकाको रकमले किनेको गाडी जिससले चढ्न नमिल्ने बताउँछन् । नगरपालिकाले उठाएको करमार्फत खरिद गरिएको गाडी जिसस प्रमुखले चढेर हिंड्नु अव्यवहारिक हुने उनको तर्क छ । ‘सम्झौता भएको भए केही भन्न मिलेन तर नगरपालिकाले जनतासँग उठाएको पैसाले जिससलाई गाडी दिनु उचित सुनिंदैन ।’

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width