पोखरा । मिस कल्चर २०२० विजेता प्रतीक्षा बास्तोलाले आफ्नो जन्मदिन मानवसेवा आश्रममा मनाएकी छन् । पोखरा २५ मा रहेको मानव सेवा आश्रममा रहेका करिब १ सय ४० आश्रितलगायत अन्यलाई खाना खुवाएर उनले जन्मोत्सव मनाएकी हुन् ।
जन्मदिन मनाउने भन्दै अनावश्यक खर्च गर्ने र पश्चिमेली संस्कृतिलाई बढावा दिँदा मौलिक संस्कृति लोप हुना लागेको बताउँदै उनले त्यसलाई चिर्न वृद्धाश्रममा कार्यक्रम गरेको बताइन् । जो कोहीले पनि आफ्नो जन्मोत्सवमा गरिने खर्चलाई सामाजिक क्षेत्रमा प्रयोग गर्न उनले आग्रह गरेकी छन् ।
प्रतीक्षाका बुबा वसन्त बास्तोलाले बालबालिकालाई पैसालाई कहाँ सदुपयोग गर्ने बारेमा सानैबाट सिकाउनुपर्ने बताए । उनले बालबालिकाहरु अभिभावककै कारण गलत निर्णय लिने, कुलतमा फस्ने, विकृति विसंगतिमा लाग्ने सम्भावना भएको हुनाले अभिभावकहरु बालबालिकासँग नजिकिनु, उनीहरुका कुरा बुझ्नु, राम्रा र नराम्रा बारेमा जानकारी गराउनुपर्नेमा जोड दिए ।
प्रतीक्षाकी आमा सीता बास्तोला, काका कविराज बास्तोला र काकी राधा बास्तोलाले जन्मदिनमा गरिने फजुल खर्चलाई सामाजिक क्षेत्रमा प्रयोग गरे सार्थक रहने बताए ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा हेमजा अध्यक्ष विष्णु बास्तोला, समाजसेवी कविराज बास्तोला, देवीस्थान भजन समूहका अध्यक्ष भरतचन्द्र गौतम, हेमजा बोर्डिङ स्कुलका सञ्चालक मोतीराज तिमिल्सिना, मानवसेवा आश्रमकका राजन सापकोटा, करुणानिधि स्कुलका अध्यक्ष, मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका महासचिव तथा कोहिनुर अफसेट प्रेसका सञ्चालक वसन्त बास्तोला लगायतले बोलेका थिए ।
दिनेशप्रसाद शर्माले सञ्चालन गरेको कार्यक्रम पुष्पाञ्जली फेसन एन्ड इभेन्टका अध्यक्ष शोभा गौतमको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१